PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​पोर्चुगल युरो जित्ने १० औँ राष्ट्र, यी हुन अहिलेसम्मका विजेता



​पोर्चुगल युरो जित्ने १० औँ राष्ट्र, यी हुन अहिलेसम्मका विजेता

आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि जितेको छ। फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले युरो २०१६ को उपाधि जितेको हो। १२ वर्ष अघि घरेलु मैदानमै फाइनल हारेको पोर्चुगलले अहिले घरेलु टोलीलाई पराजित गर्दै १५ औं संस्करणको उपाधि जितेको हो।

युरोकपको नयाँ च्याम्पियन बनेको पोर्चुगल युरोकपको उपाधि जित्ने दशौं राष्ट्र बनेको छ। 

अहिलेसम्म जर्मनी र स्पेनले सर्वाधिक तीन तीन पटक युरोकपको उपाधि जितेको छ भने फ्रान्सले दुई पटक उपाधि जितेको छ। यस्तै तत्कालीन सोभियत संघ, इटली, चेकोस्लोभाकिया, नेदरल्याण्ड्स, डेनमार्क, ग्रिसले एक एक पटक युरोकपको उपाधि जितेका छन्। 

अहिलेसम्मको उपाधि जित्ने राष्ट्र

सन् १९६० सोभियत संघ
सन् १९६४ स्पेन
सन् १९६८ इटली
सन् १९७२ पश्चिम जर्मनी
सन् १९७६ चेकोस्लोभाकिया
सन् १९८० पश्चिम जर्मनी
सन् १९८४ फ्रान्स
सन् १९८८ नेदरल्याण्ड्स
सन् १९९२ डेनमार्क
सन् १९९६ जर्मनी
सन् २००० फ्रान्स
सन् २००४ ग्रीस
सन् २००८ स्पेन
सन् २०१२ स्पेन
सन् २०१६ पोर्चुगल 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell