PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

फ्रान्सले उपाधि जित्न सकेन तर फ्रान्सेली खेलाडी ग्रिज्मनले जिते गोल्डेन बुट



फ्रान्सले उपाधि जित्न सकेन तर फ्रान्सेली खेलाडी ग्रिज्मनले जिते गोल्डेन बुट

युरोकप २०१६ को सर्वाधिक गोलकर्ता बन्दै फ्रान्सका एन्टोनी ग्रिज्मनले गोल्डेन बुट अवार्ड जितेका छन्। प्रतियोगिताभर ७ खेल खेल्दै ग्रिज्मनले ६ गोल गरे।

सन् १९८४ पछि युरोकपमा गोल्डेन बुट जित्ने उनी पहिलो फ्रान्सेली खेलाडी समेत बनेका छन्। १९८४ मा फ्रान्सकै मिचेल प्लाटिनीले ९ गोल गर्दै गोल्डेन बुट जितेका थिए। समग्रमा युरोकपमा गोल्डेन बुट जित्ने उनी फ्रान्सका तेस्रो खेलाडी हुन् सन् १९६० को पहिलो संस्क्रणमा फ्रान्सका फ्रान्कोइस हुएट्टेले गोल्डेन बुट जितेका थिए।

यस्तै प्लाटिनी पछि एउटै प्रतियोगिता ६ गोल गर्ने पनि ग्रिज्मन पहिलो खेलाडी बनेका छन्। 

ग्रिज्मनले खेलेका ७ मध्ये ४ खेलमा गोल गरे। समूह चरणमा अल्वानियाविरुद्ध गोल गरेका ग्रिज्मनले फाइनल बाहेकका नकआउट चरणको खेलमा गोल गरेका थिए। 

प्रिक्वाटरफाइनलमा आयरल्याण्ड विरुद्ध २ गोल गरेका ग्रिज्मनले क्वाटरफाइनलमा १ र सेमिफाइनलमा २ गोल गरे तर फाइनलमा भने पोर्चुगल विरुद्ध गोल गर्न चुके। 

युरो २०१६ का गोल्डेन बल विजेता 

एन्टोनी ग्रिज्मन ६ गोल, २ असिस्ट

सिल्भर बल

क्रिस्टियानो रोनाल्डो ३ गोल ३ असिस्ट

ब्रोन्ज बल

ओलिभर जिरुड ३ गोल २ असिस्ट
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell