PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​पोर्चुगलका सान्चेज युरो २०१६ को उत्कृष्ट युवा खेलाडी



​पोर्चुगलका सान्चेज युरो २०१६ को उत्कृष्ट युवा खेलाडी

पोर्चुगलका १८ वर्षे मिडफिल्डर रेनाटो सान्चेज युरो २०१६ को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्। सान्चेजले फ्रान्सका किंग्सले कोमन र पोर्चुग्लकै राफेल गुएइरेइरोलाई पछि पार्दै सोकार योङ प्लेअर अफ दि टुर्नामेन्टको अवार्ड जितेका हुन्। 

सन् १९९४ जनवरी १ देखि यता जन्मेका खेलाडीहरु मध्येबाट युएफा टेक्निकल अफिसर लोएन लुपेसु, सर एलेक्स फर्गुसन र एलाइन गिरेसको कमिटीले सान्चेजलाई छनोट गरेको हो।

युरोकपको सुरुवाती चार मध्ये तीन खेलमा वैकल्पिक खेलाडीको रुपमा उत्कृष्ट प्रदर्शन गरेका सान्चेजले क्वाटरफाइनलमा पोल्याण्ड विरुद्धको खेलमार्फत् पहिलो रोजाईमा खेलेका थिए। पोल्याण्ड विरुद्ध बराबरी गोल फर्काएका सान्चेजले पोर्चुगलको लागि फिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका थिए। 

१६ वर्ष ३२८ दिनमा युरोकपको फाइनल खेल्दै सबैभन्दा कान्छो उमेरमा फाइनल खेल्ने र उपाधि जित्ने रेकर्ड समेत कायम गरेका सान्चेज आगामी सिजनदेखि जर्मन क्लब वायर्न म्युनिखबाट खेल्नेछन्। उनी युरो सुरु हुनु अघि मात्र पोर्चुगिज क्लब वेनफिकाबाट वायर्न म्युनिख पुगेका थिए।  

४८ वर्ष पुरानो रेकर्ड तोडे सान्चेजले, युरो उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी

युरोकपमा रेकर्ड राख्दै आएका पोर्चुगलले रेनाटो सान्चेजले अर्को रेकर्ड कायम गरेका छन्। सान्चेज युरोकपको उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उनले १८ वर्ष ३२८ दिनका हुँदा युरोकपको उपाधि जितेर रेकर्ड आफ्नो नाममा लेखाएका हुन्। 

यसअघि सन् १९६८ मा इटलीका पिएट्रो अनाटासीले २० वर्ष ६३ दिनको हुँदा युरोकपको उपाधि जितेका थिए। उनको रेकर्ड ४८ वर्षपछि सान्चेजले तोडेका हुन्। 

​सान्चेजले यसअघि पोर्चुगलका लागि सबैभन्दा कम उमेरमा मुख्य प्रतियोगिता खेल्ने, पहिलो रोजाईमा खेल्ने जस्ता रेकर्ड राखेका थिए भने युरोकपको सेमिफाइनल र फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड समेत राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell