PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​युरोकप ‘ट्रफी’ सहित पोर्चुगाली फुटबल टिम स्वदेश फर्किँदा भव्य स्वागत



​युरोकप ‘ट्रफी’ सहित पोर्चुगाली फुटबल टिम स्वदेश फर्किँदा भव्य स्वागत

फुटबलका सुप्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोसहितका खेलाडी फ्रान्समा भएको युरोकपको अन्तिम खेलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरी युरोकप–२०१६ उपाधि जितेर स्वदेश फर्किँदा उनीहरुको भव्य स्वागत भएको छ। 

फ्रान्सविरुद्ध गोल गरेपछि नै सहरका चोक–चोकमा पोर्चुगाली फुटबल टोलीको प्रशंसा गर्दै राष्ट्रिय झण्डा फहराउँदै लाखौँ मानिसले खुशीयाली साटिरहेका बेला विशेष विमानमा पोर्चुगलको टोली लिसवन विमानस्थल पुग्दा आफ्नो देशमा ट्रफी भित्र्याएको हेर्न दशौँ हजार फुटबल प्रेमी विमानस्थल पुगे। 

प्रमथ उपाधिसहित स्वदेश फर्किएको टोलीलाई पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो डे सोउसाले बधाई दिनुभएपछि रोनाल्डो नेतृत्वको पोर्चुगाली फुटबल टोली राजधानीका विभिन्न भागमा परिक्रमा गरेको थियो । 

पेरिसको स्टाड ड फ्रान्स रङ्गशालामा भएको अन्तिम खेलमा आफ्नो सुपरस्टार खेलाडी रोनाल्डोकै अनुपस्थितिमा पोर्चुगलले ११० औँ मिनेटमा गोल गरेको थियो। 

खेलको अन्तिम समयमा टिमकै कान्छा खेलाडी सान्चेजको ठाउँमा प्रवेश गरेका एडेर युरोकप जिताउनका लागि निर्णायक बन्न पुगेका थिए । 

पोर्चुगलका कप्तान रोनाल्डोले विभिन्न क्लबहरुबाट खेलेर क्बल तथा आफ्नो नामलाई उचाइमा पु¥याए पनि पोर्चुगलका लागि यो नै महत्वपूर्ण जीत थियो । 

यसअघि सन् २००४ आफ्नै मैदानमा ग्रीससँग १–० ले फाइन खेलमा हारेको पोर्चुगल सन् २००६ को विश्वकपमा सेमिफाइनल र युरोकपको सेमिफाइनलसम्म मात्र पुगेको थियो । 

पोर्चुगलका लागि यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell