PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

लर्डसमा पहिलो चौका ज्ञानेन्द्रको, पहिलो छक्का पारसको



लर्डसमा पहिलो चौका ज्ञानेन्द्रको, पहिलो छक्का पारसको

काठमाडौँ : क्रिकेटको घर मानिने बेलायतको लर्डसस्थित मैदानमा पहिलो चौका हान्ने नेपाली खेलाडीको रेकर्ड ज्ञानेन्द्र मल्लले राखेका छन्। 

एमसिसीसँग भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्ल र अनिल मण्डललाई सुरुवाती ब्याट्सम्यानका रुपमा उतारेको थियो। अनिल दुई रनमै आउट भए पनि ज्ञानेन्द्रले केपी डचको बलमा उनैले क्याच आउट गर्नुअघि ३९ रन बनाए जसमा पाँच चौका पनि सामेल थियो।

शरद् भेषावकरले पनि पाँच चौका हाने। कप्तान पारस खड्का, राजु रिजाल र वसन्त रेग्मीले पनि दुई चौका हाने।

नेपाली इनिङमा एक मात्र छक्का कप्तान पारस खड्काले हाने। यो नै लर्डसमा नेपाली खेलाडीले हानेको पहिलो र हालसम्मको एक मात्र छक्का रह्यो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell