विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लबसित नेपालले मंगलबार लर्डसमा खेल खेल्यो। क्रिकेटको घर मानिने लर्डस मैदानमा खेल्दा नेपालको भुल्न नसकिनेे के के तथ्य रहे त?
- लर्डस मैदानमा खेल्ने नेपाल एक मात्र एसोसिएट राष्ट्र भयो।
- नेपालले इंग्ल्यान्ड टुरमा खेलेका सबै अभ्यास खेल र एमसिसीसँगको खेलमा पनि विजय हासिल गर्यो।
- लर्डस मैदानमा पहिलो चौका ज्ञानेन्द्र मल्लले हाने।
- लर्डस मैदानमा पहिलो र एकमात्र छक्का कप्तान पारस खड्काले हाने।
- एमसिसीका दुई खेलाडी सून्यमा आउट भए।
- एमसिसीका ८ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
- नेपाली बलरहरुले पाँच ओभर मेडन हाने।
- नेपालले लिएको पहिलो विकेटको खुसी यस्तो थियो-
WATCH: A historic moment - @NepalCricket's first wicket at Lord's #LoveLords #MCCvNepalhttps://t.co/0XAecHQVKc
— Lord's Ground (@HomeOfCricket) July 19, 2016