PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

​राजीनामा दिएको २६४८ दिनपछि प्रचण्ड पुनः प्रधानमन्त्री निर्वाचित



​राजीनामा दिएको २६४८ दिनपछि प्रचण्ड पुनः प्रधानमन्त्री निर्वाचित

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएका छन्। पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएको २ हजार ६४८ दिनपछि उनी पुनः प्रधानमन्त्री निर्वाचित भएका हुन्। 

प्रधानमन्त्री चुन्न अरु उम्मेदवार नभएको निर्वाचनमा भएको मतदानको परिणाम अनुसार उनले ३६३ मत पाए। उनको विपक्षमा २१० मत पर्‍यो। 
उनको पक्षमा नेपाली कांग्रेससहित १५ दल र एक स्वतन्त्र सांसदले मतदान गरेका थिए। 

उनको विपक्षमा सत्ताबाट बाहिरिएको नेकपा एमाले र राप्रपा नेपालले मतदान गरेको थियो। संसदको तत्काल कायम सदस्य संख्या ५९५ जना भए पनि २२ जना अनुपस्थित भएका थिए। मतदानमा ५७३ सांसद मात्रै सहभागी भएका थिए। 

प्रचण्ड नेपालको इतिहासमा दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री भएका छन्। प्रचण्ड नेपालको इतिहासमा दोस्रा कम्युनिस्ट प्रधानमन्त्री पनि थिए। संसदबाट चुनिएका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell