PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रचण्ड र ओलम्पिकको संयोग, कस्तो रहला दोस्रो इनिङ्ग्स?



गोविन्दराज नेपाल

प्रचण्ड र ओलम्पिकको संयोग, कस्तो रहला दोस्रो इनिङ्ग्स?

काठमाडौं : २९ औं गृष्मकालीन ओलम्पिक छिमेकी मुलुक चीनमा सन् २००८ मा भएको थियो। ठिक ८ वर्षअघि सन् २००८ अगस्ट ८ मा बेइजिङको बर्ड नेस्ट रंगशालामा ओलम्पिकको भव्य उद्घाटन भयो।
 
त्यति बेला नेपालका प्रधानमन्त्री थिए, पुष्पकमल दाहाल प्रचण्ड। उनी पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए भने एकीकृत माओवादीबाट नेपालको प्रधानमन्त्री बन्ने पहिलो नेता समेत थिए।
 
नेपालमा प्रधानमन्त्री बनेपछि उत्तरभन्दा पहिले दक्षिणमा रहेको मुलुक भारत भ्रमण गर्ने चलन थियो। तर त्यही ओलम्पिकको उद्घाटन समारोहमा निमन्त्रणा भएको कारण प्रचण्डले भारतभन्दा चीनको पहिला भ्रमण गरे। यद्यपि राजनीतिक रुपमा भने प्रचण्डले भारत नै भ्रमण गरे।
 
८ वर्षपछि ओलम्पिक खेलकुद ब्राजिलमा पुगेको छ। ३१ औं संस्करणको ओलम्पिक दुई दिनपछि अगस्ट ५ मा ब्राजिलमा सुरु हुँदैछ। जसका लागि विश्वभरबाट १० हजारभन्दा बढी खेलाडी रियो पुग्ने क्रममा छन्।
 
यता नेपालमा भने उनै प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री चुनिएका छन्। दोस्रो पटक पुन: प्रधानमन्त्री बन्दा प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री बन्न पुगे। २००८ अगस्टमा प्रचण्ड पहिलो पटक नेपालको प्रधानमन्त्री चुनिएका थिए। तर प्रधानमन्त्री बनेको ९ महिनापछि नै २००९ मे मा उनले आफ्नो पदबाट राजीनामा दिएका थिए।
 
पहिलो पटक प्रधानमन्त्री बन्दा एकीकृत नेकपा माओवादीका अध्यक्ष थिए भने ८ वर्षपछि पुन: प्रधानमन्त्री पदमा चुनिँदा प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष बनेका छन्। विभिन्न माओवादी घटकबीच एकता भएपछि प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष बनेका हुन्।
 
खेलकुदमा दोस्रो इनिङको निकै चर्चा हुन्छ। नेपाली राजनीतिक वृत्तमा पनि अचेल खेलकुद र खेलाडीको धेरै चर्चा हुन्छ। राजनीतिलाई खेल बनाउने अनि नेताहरु खेलाडी बन्न थालेका छन्। प्रचण्डको प्रधानमन्त्री पदमा यो दोस्रो इनिङग्स नै हो।
 
खेलकुद जस्तै राजनीतिमा पनि दोस्रो इनिङ्ग्स महत्व हुन्छ भन्ने कुरा प्रचण्डले पनि बुझेकै होलान्। आफ्नै पार्टीको समर्थनमा रहेको सरकारलाई म्याच फिक्सिङ गरेर गिराएको भन्ने आरोप लागेका प्रचण्डले दोस्रो इनिङ्ग्समा कस्तो खालको खेल खेल्छन् त्यो हेर्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell