PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​​समर्थकले जयजयकार गर्दै बानेश्वरबाट बालकोट पुर्‍याए निवर्तमान प्रम ओलीलाई



स्वेच्छा राउत

​​समर्थकले जयजयकार गर्दै बानेश्वरबाट बालकोट पुर्‍याए निवर्तमान प्रम ओलीलाई

काठमाडौँ :  प्रधानमन्त्री छँदा राष्ट्रवादीको रुपमा प्रचार गरिएका केपी शर्मा ओली अहिलेसम्मकै उत्कृष्ट दावी गरिएको बजेट पूरा पास नहुँदै अविश्वास प्रस्तावबाट बाहिरिन पर्‍यो। उनको पार्टी नेकपा एमालेका जनवर्गीय संगठनहरु युवासंघ र अनेरास्ववियुले उनको राष्ट्रवादी छवि बचाउन उनी प्रधानमन्त्रीबाट बाहिरिएकै दिन राष्ट्रियगानसहित स्कर्टिङ गरेर उनकै निवास पुर्‍याउने कार्यक्रम राख्यो।

ओलीको राष्ट्रवादी छविलाई बढावा दिन राखिएको कार्यक्रम कार्यक्रम प्रचार गरे अनुरुप देखिएन। लाखौं सदस्य रहेको दावी गर्ने उनको जनवर्गीय संगठनहरुका केन्द्रीय समितिका सदस्य समेत उनको स्वागतमा आएनन्। 


उनको जयजयकारको नारा लाउँदै नयाँ बानेश्वर संसद भवन बाहिरबाट सुरु भएको र्‍याली ओली निवास बालकोट पुगेर रोकियो। र्‍यालीमा 'नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ', 'केपी कम्रेड जिन्दावाद' जस्ता नारा सुनिएको थियो। केपी ओलीको फोटो भएको ब्यानरसहित अगाडि बढेको र्‍याली ओली निवास पुगेको थियो।


निवर्तमान प्रधानमन्त्री ओली केही समयपछि घरको छतमा देखिए। उनले आफ्ना समर्थकहरुलाई हात हल्लाउँदै स्वागत गरे। केही बेर भीडलाई हेरेर हाँसे र पुन: घर भित्र गए। केपी ओली निवासमा उपस्थित एमाले जनवर्गीय पार्टीका सदस्य एवम् उनका शुभचिन्तकहरु निकै बेरसम्म नाराबाजीमै व्यस्त देखिन्थे।







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell