PahiloPost

May 15, 2024 | २ जेठ २०८१

उद्‍घाटन नहुँदै ओलम्पिकमा बन्यो वर्ल्ड रेकर्ड, सोही खेलमा नेपालको र्‍याङ्क ६४ मा ६० औँ



गोविन्दराज नेपाल

उद्‍घाटन नहुँदै ओलम्पिकमा बन्यो वर्ल्ड रेकर्ड, सोही खेलमा नेपालको र्‍याङ्क ६४ मा ६० औँ

काठमाडौँ : रियो २०१६ ओलम्पिक गेम्सको उद्घाटन नेपाली समय अनुसार बिहान पौने ५ बजे बल्ल हुँदैछ तर ओलम्पिकमात्र होइन, विश्व रेकर्ड नै कायम भइसक्यो।

कोरियाका किम उजिनले आर्चरीमा ७२ वटा एरोबाट ७०० अङ्क ल्याएर पुरुषको व्यक्तिगत र्‍याङ्किङ राउन्डमा विश्व रेकर्ड राखेका हुन्। 
 
ओलम्पिक न्युज सर्भिससँग कुरा गर्दै किमले भने, 'भोलि अझ महत्त्वपूर्ण खेल छ, आज म खुसी मनाउन केही गर्दिन। म भोलिको म्याचमा ध्यान केन्द्रित गर्न चाहन्छु।'

विश्व रेकर्ड कायम भएकै खेलमा नेपालका जितबहादुर मोक्तानले पनि प्रतिस्पर्धा गरेका थिए। ६०७ अङ्क पाएर उनी ६० औँ र्‍याङ्कमा परे। ६४ जनाको र्‍याङ्किङमा उनी ६० औँ भएका हुन्। 

मोक्तानले आफ्नै रेकर्ड पनि तोड्न सकेनन्। उनको बेस्ट ६४२ हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell