PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डेनिस कम्पनीले पोकेमन गो करेन्सीबाट तलब दिने



डेनिस कम्पनीले पोकेमन गो करेन्सीबाट तलब दिने

जब भ्याकेन्सी खोले पनि आवेदन धेरै आकर्षित गर्न असफल भइरहेको एउटा डेनिस कम्पनीले पोकेमन गोको सहारा लिएको छ। कोपनहेगन नजिकै कार्यालय भएको आइटी कम्पनी प्रोसिसले तलबको केही अंश पोकेमन गो गेमको भर्चुअल करेन्सीबाट भुक्तान गर्ने बताएको छ। 

मासिक तलब २५ हजार क्रोनरको केही अ‌ंश पोके क्वाइन्सबाट गर्ने कम्पनीले जनाएको बीबीसीले स्थानीय साइटलाई उद्‍धृत गर्दै बताएको छ। पोके क्वाइन्स खेलाडीहरुले इन गेम प्रोडक्ट र पोकेबल्स खरिद गर्न उपयोग गर्ने गर्छन्। बाँकी तलब भने साँच्चैको रकम बैँक अकाउन्टबाट भुक्तान गरिने बताइएको छ। 

कम्पनीका डाइरेक्टरले युवाहरुलाई आकर्षित गर्न यस्तो अनौठो उपाय अपनाएको बताए। 

पोकेमन गो अहिले विश्वमै तहल्का मच्चाइरहेको खेल हो। नेपालमा यो खेल आधिकारिक रुपमा लन्च भइसकेको छैन। त्यसैले काठमाडौँमा केही अघिसम्म पोकेमन गो चले पनि हाल चलिरहेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell