PahiloPost

May 15, 2024 | २ जेठ २०८१

नेपाल भर्सेस नेदरल्याण्ड्स : पहिलो इनिङका ५ विशेषता



गोविन्दराज नेपाल

नेपाल भर्सेस नेदरल्याण्ड्स : पहिलो इनिङका ५ विशेषता

काठमाडौं : विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य पेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३८.१ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो। आस्टलभिनस्थित भिआरए ग्राउण्डमा भएको खेलको पहिलो इनिङको ५ विशेषता यस्ता छन्।
 

  • कप्तान पारस गोल्डेन डक आउट

नेपाली टीमका कप्तान पारस खड्का पहिलो बलमै आउट भए। १३ औं ओभरको तेस्रो बलमा ओपनर अनिल मण्डल आउट भएपछि चौथो ब्याट्सम्यानको रुपमा क्रिजमा पुगेका थिए। लगत्तै अर्को बलमा पारस भान डेर मर्वेको बलमा एलबिडब्लु धरापमा परे।
 
फेस गरेको पहिलो बलमै आउट भएका पारस नेपालका लागि खाता नखोल्ने पहिलो खेलाडी बने। पारसबाहेक नेपालका करण केसीले पनि खाता खोल्न सकेनन्। दुई बल खेलेका केसी शून्यमै आउट भए।
 
  • ६ चौका, शून्य छक्का
नेदरल्याण्ड्सविरुद्ध नेपालले जम्मा ६ चौका प्रहार गर्‍यो भने छक्काको संख्या शून्य रह्यो। सबै ११ खेलाडीले ब्याटिङ गर्दा समेत नेपालले एक छक्का पनि हान्न सकेन। यस्तै ६ चौकामा ५ खेलाडीको नाम रह्यो। ओपनर ज्ञानेन्द्र मल्लले सर्वाधिक २ चौका प्रहार गर्दा अनिल मण्डल, विनोद भण्डारी, सोमपाल कामी र बसन्त रेग्मीले समान १ चौका प्रहार गरे।
 
  • सर्वाधिक रन
नेपालका लागि ओपनर अनिल मण्डलले सर्वाधिक २० रन बनाए। ३९ बलको सामना गरेका मण्डलले १ चौका समेत प्रकार गरे। पहिलो विकेटका लागि मण्डलले ज्ञानेन्द्र मल्लसँग २३ रनको साझेदारी गरेका थिए, जुन नेपाली इनिङकै सर्वाधिक साझेदारी बन्न पुग्यो।
 
  • नेदरल्याण्ड्सको ६ मेडन
३८.१ ओभर बलिङ गर्दा नेदरल्याणड्सले ६ मेडन ओभर फ्याँक्यो। घरेलु टोलीका ६ खेलाडीले बलिङ गरेकोमा ५ खेलाडीले मेडन बलिङ गरेका थिए। उसका रिप्पोनले सर्वाधिक २ मेडन राख्दा भान डेर गुटेन, बुखारी, असन मल्लिक र भान डेर मर्वेले समान १ मेडन राखे।
 
  • शक्तिको अनुपस्थिति
शक्ति गौचन नेपाली क्रिकेटका एक सफल खेलाडी हुन्। सुरुमा ब्याट्सम्यानको भूमिकामा चम्केका गौचन पछिल्ला वर्षमा आफ्नो स्पिन बलिङका कारण चर्चामा छन्। तर नेदरल्याण्ड्स विरुद्धको खेलमा भने उनी बेन्चमै रहे। उनको स्थानमा युवा स्पिनर सन्दीप लामिछानेलाई दोस्रो स्पिनरको रुपमा खेलाइएको हो। तर गौचन बलिङमा मात्र नभएर आवश्यक परेको बेला ब्याटिङमा पनि जम्थे।
 
नेपाललाई आवश्यक परेका बेला उनले इनिङको अन्त्यतिर आफ्नो शक्ति देखाउँथे। तर नेदरल्याण्ड्स विरुद्ध नेपालको लगातार विकेट झरिरँहदा त्यसलाई रोक्ने खेलाडीको अभाव भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell