PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

जन सम्पर्क समिति जापानमा पनि देउवा र पौडेल गुटको उम्मेदवारी



जन सम्पर्क समिति जापानमा पनि देउवा र पौडेल गुटको उम्मेदवारी

  • अनुपराज कँडेल
टोकियो : नेपाली कांग्रेसको जापानस्थित भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं महाधिवेशन नजिकिँदै गर्दा आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी दिने क्रम तीब्र गतिमा सुरु भएको छ। आउँदो आइतबार हुन गैरहेको चुनावमा नेतृत्वका लागि प्यानल नै खडा गरी उम्मेदवारी घोषणा भइरहेको हो।

नेपाली जनसम्पर्क समिति जापानको नयाँ कार्यकालका लागि सभापतिमा दुई उम्मेदवारहरु डिपी कँडेल र लालबहादुर केसी(रोशन) ले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन्।

कँडेलले खुल्ला तर्फ एक महामन्त्री र एक कोषाध्यक्ष सहित २९ जनाको उम्मेदवारीको प्यानलमा लिएर उत्रेका छन्। कंडेलले पूर्व सभापतिहरू सहित यसअघि सभापतिमा आकाक्षीहरूलाई समेटेर टिमको घोषणा गरेका हुन। जसमा महामन्त्रीमा रामजंग कार्की र कोषाध्यक्षमा बाबुराम सापकोटालाई खुल्ला तर्फ अघि सारेका छन् भने केन्द्रीय सदस्यमा २६ जना समावेश गरेका छन्।

सार्वजानिक गरिएको सदस्यहरुमा राजेन्द्र जमरकट्टेल, पुस्करजंग थापा, ध्रुवकुमार थापा, हरिप्रसाद कँडेल, पेम्बा लामा, प्रेमप्रसाद कँडेल, जीवन खड्का, साधना घिमिरे, लक्ष्मण थापा, कृष्ण गैरे, दीपकबुर्जा मगर, उल्लास पाण्डे, निरज सापकोटा, राजनकुमार गिरी, लक्ष्मण बानियाँ, बद्री पौडेल, भीम गैरे, मेख लामा, कर्म टाँसी लामा, सुस्मा वाइबा लामा, मीन राशी गुरुङ, कृपन दाहाल, सुजन खड्का, हरिश्चन्द्र बिष्ट, फडीन्द्र शर्मा, डिल्लीराम सिवाकोटी, अर्बिन श्रेष्ठ, नबिन सागर सापकोटा, रामबहादुर कार्की, शुसील पौडेल, मर्म तामाङ, गोपाल सुवेदी, सुरेश गिरी, शरदराज लामिछाने, डा.हरेराम अर्याल रहेका छन्। 
 
अर्का सभापतिका उम्मेदवार केसीले आफ्नो प्यानलमा रेशम डंगोललाई महामन्त्री र सावित्री लामा ‘लक्ष्मी’लाई कोषाध्यक्षका रुपमा खडा गरेका छन्। केसी प्यानलका सदस्यहरुमा नवराज थापा, सुजन जोशी, पीताम्बर चापागाई ‘पदमपानी’, रामकृष्ण बम मल्ल, विष्णु अर्याल, टीकाराम खरेल, उमानन्द आचार्य, एल.एन. गुरागाइँ (लक्ष्मण), युवराज अधिकारी, पोषकान्त न्यौपाने, कमल आचार्य, राजु पनेरु, निरज कोइराला, रामशरण उप्रेती, ध्रुव बस्नेत, वासुदेव बास्ताकोटी, रामप्रसाद बास्तोला, दीपकप्रसाद भुषाल, नृप बुढा रहेका छन्।
 
देशको सबैभन्दा ठूलो र जेठो पार्टी नेपाली कांग्रेसमा अहिले रहेको शेरबहादुर देउवाको गुट र रामचन्द्र पौडेल गुटको छाँया यसपाली जापानमा पनि प्रष्ट रुपमा देखिएको छ। प्यानल नै घोषणा गरी चुनावी मैदानमा उत्रिसकेको अवस्थामा नेपाली कांग्रेसमा आबद्ध जापानमा रहेका कांग्रेस समर्थकहरु तीब्र ध्रुविकरणतर्फ जाने संकेत देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell