PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

उभिएर एक्लै विमोचन!



स्वेच्छा राउत

काठमाडौँ : 'आदिम मन्त्र जस्तो शैली। प्रत्येक शब्दको ध्वनी सुन्दै हरफहरुमा बुन्दै गएजस्तो', कवि मनु मञ्जिलले नवीन प्राचिनको कविता संग्रह 'उभिएर एक्लै' पढेपछि लेखेका शब्द हुन् यी।

रत्न पुस्तक भण्डारबाट प्रकाशित 'उभिएर एक्लै', कविता संग्रहमा कवि नविन प्राचिनका ४२ वटा कविता छन्।

कवि संगीत श्रोताको शब्दमा नविन प्राचिन चिन्तशील र कम बोल्ने गर्छन्। 'कम बोल्ने रहेछ तर आन्तरिक रुपमा बोल्ने रैछ, थोरै शब्दमा धेरै बोल्छ,' उनले मण्डला थिएटरमा कविता संग्रह विमोचन गर्दै भने।

त्यसो त कविता संग्रहमा प्राचिनले छोटा छोटा धेरै कविता लेखेका छन्। जसलाइ बलराम अधिकारीले अंग्रेजीमा अनुवाद गरेका छन्। उनका कविताहरु पनि मौन देखिन्छन् तर बोल्छन् धेरै।

हरेक मौनता
उदासी नहुन सक्छ
नहुन सक्छ वैराग्य

मौनता
कहिलेकाहीँ
हुन सक्छ
सबैभन्दा ठूलो उत्सव

एक्लै मनाइने (शिर्षक : उत्सव)

...

धेरै समय अघिको
तिम्रो तस्वीर छ मनमा

तिमी बद्लियौ
तर तस्वीर बद्लिएन

मेरो मन
तिम्रो त्यहि
कहिल्यै नबद्लिने
तस्वीरसँग
प्रेम गर्छ । (शिर्षक : स्थिरता)

कविता संग्रहको लोकर्पणमा कवि उपेन्द्र सुब्बाले पाँच वर्षदेखि भेट्दै गरेको व्यक्ति कवि भइसकेको भन्दै खुसी व्यक्त गरे। उनले संग्रह निकाल्ने साहसलाइ धन्यवाद पनि थिए। कवि संगीत श्रोताले पनि कविता सुन्ने र पढ्ने मान्छे कम भएका बेला कविता निकाल्नु चानचुने काम नभएको बताए।
 
कवि नविन प्राचिनले भने कविता संग्रहको नाम नाम 'उभिएर एक्लै' भएपनि कविता संग्रह निस्कदाँ धेरैजना सँगै उभिएको बताए। कविता संग्रहको मुल्य २५० रुपैँया छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell