PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

टेलिकमले ल्यायो प्रिपेड मोबाइलमा बिहान र साँझका लागि डाटा प्याकेज



टेलिकमले ल्यायो प्रिपेड मोबाइलमा बिहान र साँझका लागि डाटा प्याकेज

काठमाडौँ : नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिनदेखि तीन महिनासम्मका लागि डाटाको महशुल घटाउने भएको छ। कम्पनीले जिएसएम प्रिपेड ग्राहकका लागि यस्तो योजना लागू गर्ने जानकारी दिएको हो। 
 
प्रिपेड ग्राहकका लागि शुभ बिहानी–सन्ध्या डाटा प्याक अफर लागू गरेको कम्पनीले जनाएको छ। यो योजना बिहान र बेलुका डाटा चलाउन काम लाग्ने छ। अफर बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ। 

ग्राहकले ४५ रुपैयाँमा तीन दिनका लागि १०० एमबी डाटा प्रयोग गर्न पाउँछन्। त्यस्तै २२५ एमबी डाटा ९० रुपैयाँ तिरेर सात दिनभित्र प्रयोग गर्न पाउँछन्। यो मूल्यमा ग्राहकले तिर्नुपर्ने कर नजोडिएको पनि टेलिकमले जनाएको छ ।
 
यो अफर अनुसार सेवा लिन ग्राहकले एक सय एमबीका लागि SPECIAL100MB  र २२५ एमबी डाटाका लागि SPECIAL225MB लेखेर १४१५मा एमएमएस पठाउनु पर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell