PahiloPost

May 15, 2024 | २ जेठ २०८१

'नाडा अटो शो'मा भित्रिए नयाँ बाइक, तपाईंको रोजाइ कुन?



गोविन्दराज नेपाल

'नाडा अटो शो'मा भित्रिए नयाँ बाइक, तपाईंको रोजाइ कुन?

काठमाडौं : तपाईं नयाँ डिजाइनको बाइक खरिद गर्ने मूडमा हुनुहुन्छ? पुराना डिजाइनको बाइक चढ्दा बोर लागेको छ? त्यसो हो भने राजधानीको भृकुटीमण्डपमा चलिरहेको 'नाडा अटो शो'ले तपाईंलाई विकल्प दिन सक्छ। यहाँ विभिन्न कम्पनीका नयाँनयाँ डिजाइनका बाइक भित्रिएका छन्।
 
तपाईं आफूलाई मनपरेको बाइक र डिजाइन छानीछानी किन्न सक्नुहुनेछ।
 
नेपाल अटोमोबाइल्स डिलर एशोसिएसन नाडाले आयोजना गरेको शोमा विभिन्न नयाँ डिजाइनका बाइक छन्। तिनको मूल्य २ लाखभन्दा माथि छ भने सबैभन्दा महँगो बाइकको मूल्य २० लाख तोकिएको छ।

मोटरेस

यो कम्पनीका कुल ७ वटा नयाँ बाइक छन्। जसमा ५ वटा इन्धनबाट चलनेछन् भने २ वटा इलेक्ट्रिक बाइक। इन्धनबाट चल्ने बाइकको मूल्य २ लाख ७० हजार देखि ३ लाख ४५ हजारसम्म रहेको छ। यस्तै इलेक्ट्रिक बाइकको मूल्य भने १ लाख ४० हजार १ लाख ७० हजार निर्धारण गरिएको छ।
 
हेर्दा सानो र होचो देखिने यो बाइक विशेषगरी उचाइ कम भएका व्यक्तिका लागि उपयुक्त हुनेछ।
 

सिबिआर ६५० एफ

होण्डा कम्पनीको यो नयाँ बाइक नाडा अटो शोमा रहेको मध्येकै सबैभन्दा महँगो बाइक हो। ६५० सिसीको सिबिआर ६५० एफ बाइकको मूल्य २० लाख रहेको छ।
 

अपाचे आरटीआर २००

अपाचे आरटीआर २०० टिभिएस कम्पनीको नयाँ बाइक हो। २ सय सिसीको यो बाइकको मूल्य २ लाख ८३ हजार ९ सय रहेको छ।
 

रेनेगाड स्पोर्टस् एस र रेनेगाड कमाण्डो

युएम कम्पनीको दुई नयाँ रेनेगाड बाइक नाटा अटो शो मार्फत सार्वजनिक गरिएको हो। रेनेगाड स्पोर्टस् एस र रेनेगाड कमाण्डो दुई नयाँ बाइक हुन्। स्पोर्ट्स एस र कमाण्डो दुवै बाइकको मूल्य समान ५ लाख ४ हजार रहेको छ भने दुवै बाइक २७९.५ सिसीका हुन्। 


महिन्द्रा मोजो

महिन्द्रा कम्पनीको सबैभन्दा बहुप्रतीक्षित बाइक हो मोजो। यही मोजोमा चढेर भारतबाट दुई राइडर्स नेपाल आएका थिए। त्यसपछि नै यसको औपचारिक रुपमा नेपालमा लन्च भएको हो। २९७ सिसीको यस बाइकको मूल्य ५ लाख ८० हजार रहेको छ।
 

यामाहा आर थ्री

आर थ्री यामाहा नयाँ बाइक हो। कालो र निलो दुई कलरमा रहेको यस बाइकको मूल्य ८ लाख ९५ हजार ९ सय रहेको छ।
  

बेनेली ६०० आई

बेनेली कम्पनीको यो बाइकको मूल्य १६ लाख रहेको छ। ६ सय सिसीको यो बाइक गोल्डेन कलरमा उपलब्ध छ। यस्तै बनेलीकै ब्ल्याक कलरको बाइक १५ लाख ५० मूल्यको रहेको छ।
 
यस्तै, रोयल इनफिल्डको हिमालयन नाम गरेको बाइक नाडा अटो शोलगत्तै लन्च हुनेछ। नेपालकै लागि भनेर हिमालयन बाइकको स्पेसियल डिजाइन गरिएको ब्रान्ड म्यानेजर दीपेश श्रेष्ठले बताए। नेपालमै रोड टेस्ट गरेको बाइक नेपाली रोड सुहाउँदो रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell