PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मुकेश अम्बानीको ४५ मिनेटको भाषण जसले अरुको १३ हजार करोड गुम्यो



मुकेश अम्बानीको ४५ मिनेटको भाषण जसले अरुको १३ हजार करोड गुम्यो

मुम्बई : भारतको सबैभन्दा ठूलो पब्लिक कम्पनीमध्ये एक रिलायन्स इण्डष्ट्रिजको बिहिवार ४२ औं साधरणसभा थियो। सभामा कम्पनीका अध्यक्ष मुकेश अम्बानीले ४५ मिनेटको भाषण दिए। र, उनको त्यो भाषणले प्रतिश्पर्धी कम्पनीको भने १३ हजार एक सय ६६ करोड चुना लागेको छ।

साधरणसभामा बिहिवार अम्बानीले दूरसञ्चार कम्पनी रिलायन्स जियो सञ्चालनमा आउने तालिका सार्वजनिक गरे। उनले रिलायन्स जियो प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल इन्डिया सपनामा समर्पित रहेको बताए।

रिलायन्स जियोको आगमनले एक अर्ब २० करोड भारतीयलाई मोवाइल ब्रोड ब्यान्ड इन्टरनेट सुविधा उनको दावी छ। आफ्नो कम्पनी सञ्चालनमा आएपछि ब्रोड ब्यान्ड इन्टरनेटमा अहिले विश्वका २३० मुलुक मध्ये १५५ स्थानमा रहेको भारत उत्‍कृष्ट १० भित्र पर्ने समेत उनले दावी गरे।

रिलायन्स जियोले सेप्टेम्बर पाँचबाट सेवा दिन थाल्ने र व्यवसायीक रुपमा भने नयाँ बर्ष २०१७ सञ्चालनमा आउने उनले जानकारी दिए। भाषणको सबै भन्दा रोचक क्षण त त्यस बेला बन्यो जब उनले ५० रुपैयाँ भारुमा एक जिवी डाटा दिने दिने घोषणा गरे। मोबाइल ब्रोड ब्यान्ड इन्टरनेटका लागि यो विश्वकै सबै भन्दा सस्तो मूल्य हो। यसरी अति सस्तो मूल्यमा डाटा दिने घोषणा गरेर अम्बानीले इन्टरनेट ट्यारिफमा युद्ध सुरु गरेका छन्। उनले भारत अब डाटा शुल्क धेरै महङ्गो भएको देशबाट सस्तोको सूचीमा अग्रभागमा आइ पुगेको बताए।

अम्बानीले घोषणा गरेको  डाटा ट्यारिफ रिलायन्स जियोले तोकेको मूल्‍य प्रतिश्पर्धी टेलिकम कम्पनीको तुलनामा १० प्रतिशत मात्र हो। त्यस बाहेक कम्पनीले निशुल्‍क भोइस कल, ब्ल्याक आउट डे हटाउने, विलमा थप पारदर्शीता अपनाउने जस्ता घोषणा अम्बानीले गरेका छन्। अम्बानीले टेलिकम ट्यारिफ प्रणाली सहजीकरण गर्नु पर्ने बताए।

अहिले भारतमा २२ हजार बढी टेलिकम ट्यारिफ योजना सञ्चालित छन्। जियोले १० वटा मुख्य योजना मात्र सार्वजनिक गर्ने जनाएको छ। 'हामी वेला बखत डाटा चलाउनेहरुका लागि १९ रुपैयाँबाट ट्यारिफ सुरु गर्छौँ, मासिक रुपमा लाइट डाटा चलाउनेले एक सय ४९ र सर्वाधिक चलाउनेले चार हजार नौ सय ९९ रुपैयाँ तिर्ने ट्यारिफ योजना ल्याउँछौँ' अम्बानीले साधारणसभामा भने। यसमा बिद्यार्थीलाई २५ प्रतिशत थप डाटा दिने पनि उनले बताए।

जियो फोर जी नेटवर्कले १८ हजार शहरी इलाका र दुई लाख गाउँलाई समेट्नेछ। २०१७ को मार्च भित्र भारतको ९० प्रतिशत जनसंख्या समेट्ने अम्बानीको योजना छ। अम्बानीको यो घोषणाको महङ्गो मूल्य प्रतिश्पर्धी दूरसञ्चार सेवा प्रदायक कम्पनीले बिहिबारबाटै चुकाउन थालेका छन्। बम्बे स्टक एक्सेचेञ्जमा भारती एयरटेलको सेयर मूल्य ६.३७प्रतिशत, आइडिया सेलुलरको १०.४८ प्रतिशत र रिलायन्स कम्युनिकेसन्सको ८.८१ प्रतिशतले घटेको हो।

अम्बानीको निशुल्क भ्वाइसकल दिने घोषणाले सबै भन्दा ठूलो चुनौती अहिलेको मार्केट लिडर भारती एयरटेललाई आइ परेको छ। अम्बानीको ४५ मिनेटको भाषणका कारण भारती एयरटेलले १२ हजार करोड बजार पुँजीकरण गुमाएको छ। भारती एयरटेल, आइडिया सेलुलर र रिलायन्स कम्युनिकेसन गरी तीन कम्पनीले १३ हजार एक सय ६६ करोड भारु बजार पुँजीकरण गुमाएका छन्। अम्बानीको यो धक्काले यी कम्पनीलाई नयाँ ढंगले सोच्न समेत बाध्य बनाएको छ। इकोनोमिक टाइम्सबाट 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell