PahiloPost

Oct 26, 2025 | १० कात्तिक २०८२

सहमतिको ढोका खुला राख्दै संविधान निर्माण प्रक्रिया अघि बढाउने कांग्रेस एमालेको निर्णय



सहमतिको ढोका खुला राख्दै संविधान निर्माण प्रक्रिया अघि बढाउने कांग्रेस एमालेको निर्णय

काठमाडौँ : सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)ले सहमतिको ढोका खुला राख्दै संविधान निर्माण प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको दुई दलको बैठकले संविधानसभामा फरक मत राख्ने एमाओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको लागि वार्ताको ढोका खुल्ला राख्ने र प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको छ। 

संविधान निर्माण प्रक्रियालाई कसरी अघि बढाउने भन्नेबारे दुबै दलले भोलि संविधान निर्माणमा सहभागी अन्य दलहरुसँग पुनः छलफल गरी निर्णय लिइने काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। 

“दुई दलको बैठकले आज कुनै ठोस निर्णय गरेको छैन, सहमतिको ढोका खुल्ला राख्ने र प्रक्रियालाई निरन्तर अघि बढाएर संविधान चाँडो जारी गर्नेबारे कुराकानी भएको छ, भोलि थप छलफल गरी निर्णय हुन्छ,” उनले भने। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell