PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि



स्वेच्छा राउत

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि

काठमाडौं : सहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। राष्ट्रियसभा गृहमा विश्वविद्यालयले विशेष दीक्षान्त समारोह आयोजना गरी आज उनलाई सो उपाधि दिएको हो। 


जन्मजात शारीरिक दुर्लबता सहेर पनि नेपाली साहित्यमा उनले पुर्या एको योगदानका कारण मानार्थ विद्यावारिधि प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले बताए। 


कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै सांसद, मन्त्रीहरुको समेत सहभागिता थियो। 

झमकलाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले विद्याविरिधिका लागि तोकिएको पोसाक लगाउन अनुमति दिएका थिए। उनलाई दीक्षान्तको प्रमाणपत्र राष्ट्रपति भण्डारीले प्रदान गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell