PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अनिल शाहले यसरी सुनाए आफ्नै मुखबाट आफ्नो सफलताको कथा



अनिल शाहले यसरी सुनाए आफ्नै मुखबाट आफ्नो सफलताको कथा

काठमाडौं : सेलिब्रिटी बैंकर अनिल शाहले  सोमबार एक कार्यक्रममा पुरानो एउटा घटना सम्झिए। मेगा बैंकले स्कूल स्कूलमा गएर खाता खोलाउने अभियानको जानकारी दिन आयोजित कार्यक्रममा उनले गाडीलाई नेपालीको लाइफ स्टाइल बनाउन आफू कसरी सफल भएँ भन्ने किस्सा सुनाए।
 
स्कूल स्कूलमा गएर खाता खोलाउन गाह्रो हुन्छ, यसबाट बैंकको बचत पनि खासै बढ्दैन भनेर आफ्ना साथीहरुले भनिरहेको सन्दर्भ जोड्दै शाहले विगत कोट्याएका हुन्।
 
उनले स्कूल स्कूल गएर आफूले खाता खोल्ने 'नानीदेखि लागेको बानी' अभियान सुरु गर्दा साथीहरुले यस्तो के गरेको भनेर प्रश्न गरिरहेको बताउँदै भने- १० रुपैयाँ २० रुपैयाँको खाता खोलेर तिमी के गर्छौं हँ भन्छन् साथीहरुले। स्कूल स्कूल घुमेर तिमीले के निक्षेप संकलन गरौला र भनिरहेका छन्। म अहिले मुसुमुसु हाँसिरहेको छु। हेर्दै जाउँ न भोलि त केही होला नि।
 
यही सन्दर्भ जोड्दै उनले विगत पत्रकारलाई यसरी सुनाए:-

मैले एउटा बैंक (स्टान्डर्ड चार्टर्ड बैंक नेपाल) मा कन्जुमर लेन्डिङ सुरु गरेको थिएँ। त्यो सुरु गर्दा मेरा मित्र बैंकरहरुले भन्थे- हैन अनिल यो अमेरिका होइन, युरोप होइन। मिडिल क्लास छैन नेपालमा। यहाँ कति वटा गाडी बिक्छ र पैसा बनाउँछौं तिमीले? यहाँ चल्दैन कन्जुमर लेन्डिङ । यहाँ क्रेडिट कल्चर छैन भन्थे।
 
अर्कोतिर ग्राहककोमा जाँदा के कुरा गर्नुभएको अनिल जी तपाईले? ऋण लिएर पनि कोही गाडी चढ्छ? मेरा नातेदारहरुले के भन्छन्? सान देखायो भनिहाल्छन् नि मलाई। ऋण लिएर गाडी चढेर फूर्ति गर्‍यो भन्छन्।  गोजीमा पैसा छैन खुब ऋण लिएर गाडि चढिरहेको छ भन्दैनन्?
 
आज धेरै वर्ष भएको छैन मेरा साथीहरुले कन्जुमर लेन्डिङ काम छैन नेपालमा भनेको। अहिले अधिकांश गाडीहरु फाइनान्सिङबाट बिक्री भइरहेका छन्। यो हेरेर मलाई खुसी लाग्छ।
 
मेगा बैंकमा आइयो। हलोदेखि हाइड्रो भनेर काम थाल्यौं। मित्रहरुले फेरि भने यो बंगलादेश हैन है अनिल। मोहम्मद युनुसले त्यहाँ गर्नुभयो होला तर नेपालमा यो हुँदैन भने। चल्दैन यो माइक्रो लेन्डिङ यता। गाउँ कति हिँड्छौं तिमी? जुत्ता खिइन्छ तर ऋण लिने ग्राहक पाउँदैनौं तिमीले सम्म भने। हलोदेखि हाइड्रोभन्दा सबै हाँस्थे। आज राष्ट्र बैंकले मौद्रिक नीतिमा हलोदेखि हाइड्रोलाई समेटेको छ। हामीले सानो गोरेटो बनाएका थियौं। अब यो ६ लेनको हाइवे बन्दैछ।
 
विगतमा हामीले अटो लोन वर्षको १० वटा २० वटा गर्थ्यौँ। आज हजारौ हजार फाइनान्सिङबाट बिकीरहेको छ। हिजो मात्र सकिएको नाडामा साढे तीन अर्बको त गाडीहरु बुकिङ मात्र भएका छन्। त्यसैले मलाई विश्वास छ स्कूल स्कूलमा खाता खोल्ने अभियान विस्तारै व्यापक बन्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell