PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पारस भन्छन् - श्रीमतीको बचतका कारण अहिले म राम्रो अवस्थामा छु



पारस भन्छन् - श्रीमतीको बचतका कारण अहिले म राम्रो अवस्थामा छु

  • पारस खड्का -
म सानो छँदा बचत दशैँका बेला मात्र गर्थेँ। त्यो बेला टीका लगाएर पैसा जम्मा भएको हुन्थ्यो। नत्र अघिपछि गरिएन। दशैँमा पाएको पैसा जम्मा गरेर मैले क्रिकेट खेल्न ब्याट किनेँ, बल किनेँ। त्यो बेला मलाई कसैले सिकाएर वा कसैले बचत गर्ने खाता खोलिदिएको भए म बचत गर्नतिर लाग्थेँ होला। र, मसँग अझै धेरै बल र ब्याट हुन्थे होलान् सानोमा पनि। 

खुत्रुकेमा हामी सबैले पैसा सानोमा जम्मा गरेकै हौं। अब खुत्रुकेबाट बैंक खातामा जाने हाम्रो अभियान हो। बैंकमा पैसा राख्यो भने धेरै अरु सुविधा पनि पाइन्छ। आफूले पायक पर्ने बैंकमा शाखामा खाता खोल्नु भयो भने बचत गर्ने बानी बस्छ। 

म क्रिकेटको माध्यमबाट खाता खोल्दाको फाइदाको बारेमा बुझाउन प्रयास गर्नेछु। बचत कतिको महत्वपूर्ण छ भन्ने बुझाउनु मेरो उद्देश्य हुने छ । 
मेरो पनि बचत गर्ने बानी छैन। सात वर्षअघिको कुरा गर्दैछु म तपाईँहरुसँग। मेरी श्रीमतीको बचत गर्ने बानी छ। उनको त्यो बानीका कारणले नै म अहिले बेटर स्टेजमा छु। मेरो हातमा पर्दा त म सबै खर्च गरिदिन्छु। श्रीमती भने बचत गर्छिन् र अहिले मेरो राम्रै अवस्था छ। 

मेरो बानी ठीक होइन। बचत गर्नुपर्ने रहेछ। यो बानी सानैदेखि लगायो भने हामी सबैलाई नै फाइदा हुन्छ। म विशेष गरी अभिभावकहरुलाई भन्न चाहन्छु कि आफ्ना बालबच्चालाई सानैदेखि बचतको महत्वको बारेमा सिकाउनुहोस्। सानो सानो बचतबाटै ठूलो रकम संकलन हुने हो। यस्तो बचतबाट बच्चाहरुलाई पढाइबाहेकका गतिविधिहरुमा लगाउन सहयोग पुग्छ। तपाईँको बच्चाले गर्ने बचतमा तपाईँले अलिकति थपिदिनु भयो भने त्यो बच्चा अझ हौसिन्छ र बचत गर्नु पर्ने रहेछ भनेर बुझ्छ। उसको जोस बढ्ने छ। 

(राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सोमबार काठमाडौँमा मेगा बैँकको सेभिङ स्टार कार्यक्रममा बोल्दै)




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell