PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भदौ २८ गतेदेखि एप्पलका यी प्रोडक्टहरुको मिति सकिनेछ



भदौ २८ गतेदेखि एप्पलका यी प्रोडक्टहरुको मिति सकिनेछ

एप्पलले भदौ २८ गते मंगलबार आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० रिलिज गर्दैछ। यो ओएस आएसँगै एप्पलका केही प्रोडक्टहरुको मिति सकिनेछ। तपाईँ त्यसलाई चलाउन त सक्नुहुन्छ तर नयाँ अपडेट गर्न सक्नुहुन्न। अर्थात् यो म्याद सकिएको उत्पादन सरह हुनेछ। 

आइ‌ओएस कुन कुन प्रोडक्टमा कम्प्याटिबल हुन्छ त ?

  • आइप्याड फोर्थ जेनेरेसन
  • आइप्याड एयर
  • आइप्याड एयर टु
  • आइप्याड प्रो
  • आइप्याड मिनी २
  • आइप्याड मिनी ३
  • आइप्याड मिनी ४
  • आइपड टच ६
  • आइफोन ५
  • आइफोन ५ सि
  • आइफोन ५ एस
  • आइफोन एसई
  • आइफोन ६/६ प्लस
  • आइफोन ६ एस/६ एस प्‍लस
  • आइफोन ७/७ प्लस
त्यसको अर्थ अब यी प्रोडक्टको मिति सकिनेछ
  • आइप्याड २
  • आइप्याड ३ जेनेरेसन
  • आइप्याड मिनी
  • आइफोन ४ एस
  • आइपड टच ५ जेनेरेसन
आइओएस १० को सपोर्ट नहुनुको अर्थ अब कुनै अपडेट तपाईँले यी उत्पादनमा पाउन सक्नुहुन्न। एप डेभलपरहरुले पनि बिस्तारै आफ्ना एपहरुको सपोर्ट फेज आउट गर्दै जानेछन्। अहिलेलाई यी उत्पादन चलाउन त सकिनेछ तर मिति सकिएको उत्पादनको रुपमा यो रहनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell