PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

​झलनाथ खनालको व्यङ्ग्य - केपी ओलीको उखानटुक्का कहिलेकाहीँ मात्र हो, छक्कापञ्जा सदाबहार

​झलनाथ खनालको व्यङ्ग्य - केपी ओलीको उखानटुक्का कहिलेकाहीँ मात्र हो, छक्कापञ्जा सदाबहार

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौँ :  प्रदर्शनमा आएको ३ दिनमै १ करोड ४० लाख भन्दा बढीको व्यवसायिक सफलता हात पार्न  सफल फिल्म 'छक्कापञ्जा'को विशेष शोका लागि आइतबार एमालेका तीन पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली,  झलनाथ खनाल र माधवकुमार नेपाल उपस्थित थिए।  

यसअघि छक्कापञ्जाकै टिमले निर्माण गरेको दुई चलचित्र 'छ एकान छ' र 'वडा नं ६' पनि हेरेको बताउँदै केपी ओलीले भने,'पहिलो भन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो झन् मनपर्‍यो। उठाएको विषयले मन छोयो।'

उनले फिल्म राम्रो तर छक्कापञ्जा नराम्रो भन्दै हँसाए।

झलनाथ खनालले भने आफ्नै पार्टीका अध्यक्षलाई व्यङ्ग्य गर्दै भने, 'केपी ओलीको उखान टुक्का कहिले कहिले मात्र हो छक्कापञ्जाको कमेडी सदाबहार।' 

कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा साँझ ५ बजे सुरु हुने भनिएको विशेष शो दर्शकको अनियन्त्रित भिड, फोटो सेसन र सेल्फीका कारण आधा घण्टा ढिला सुरु भयो। 

एमालेका नेताहरु सहित केपी पत्नी राधिका शाक्य, प्रदीप ज्ञवाली, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अनिलकेशरी शाह, बसुन्धरा भुषाल, चैत्यदेवी, राजकुमार राई, विकास आचार्य लगायत विभिन्न कलाकारहरुको उपस्थिति रहेको बिग मुभिजमा दर्शकका लागि सिटको अभाव भयो। 

दर्शकको उल्लेखनीय भीड हुनुलाई नै सफलता हो भन्दै फिल्मका सह निर्देशक एंव कलाकर दीपकराज गिरीले सुनाए,'फिल्म बन्नुमा डाइरेक्टरदेखि स्पटम्यान सबैको उस्तै भूमिका हुन्छ। त्यसैले सफलताको श्रेय पनि सबैलाई जान्छ।' 

छक्कापञ्जाका अर्का कलाकार जितु नेपाल उर्फ मुन्द्रेको शब्दमा भने 'असल कर्मको असल फल हाम्रो टिमले पाउँदैछ।'


ट्रेन्डिङ पोस्ट

Ncell