PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पत्नीलाई 'डेडिकेट' गरेको गीतको भिडियो नबन्दै टुट्यो सास



स्वेच्छा राउत

पत्नीलाई 'डेडिकेट' गरेको गीतको भिडियो नबन्दै टुट्यो सास

विक्रम संवत् २०५० को दशकमा सुनिल बर्देवाले गाएका र संगीत भरेका गीतहरु खुब चर्चामा रहे। र ती गीतहरु अझै पनि लोकप्रिय छन्।
त्यस्तै चर्चित गीतहरुमध्ये पर्छ 'गोरेटो अनि उस्तै छ गल्ली, कतै तिमी बद्ल्यौ कि।'

गीतको लिड लाइन रचेका थिए सुनिल स्वयंमले। स्टुडियोमै काम गर्दाको व्यस्त समयबीच उनले सुरुको हरफ त कोरे तर त्यसपछिका अन्तराका लागि साथ चाहियो संगीतकार नरेशदेव पन्तको। पन्तले गीतको बाँकी २ अन्तरा कोरे।

भने, ’उसको आफ्नै मौलिकता थियो। त्यसैले शब्द मैले पूरा गरे पनि संगीत, मेलोडी भने बर्देवाले नै भर्‍यो।‘

कुनै घटनालाई आधार बनाएर लेखिएको यो गीत स्टुडियो भित्रै रचिएको बताउँछन् पन्त। केही दिनको लगातार भेटमा शब्द र संगीत फाइनल भयो। रेकर्डिङ् एक घन्टामा सक्कियो। र एफएमबाट सार्वजनिक भएको केही दिनमै गीत हिट।

गोरेटो अनि उस्तै छ गल्ली… हिट हुनु अघि नै सुनिलले आफूलाई संगीत क्षेत्रमा चिनाइसकेका थिए। नरेशदेव पन्त भन्छन्, 'त्यो गीतले स्थापित नाम सुनिललाई थप लाइटमा ल्यायो नै सँगै मलाई पनि चिनायो।'

पप गीतको लहर चलेको बेला फरक मेलोडी रहेको गीत चल्ने कुरामा विस्वस्त थिए सुनिल र नरेश। कम होमवर्क गरेको गीतबाट सुनिलले राम्रो आउटकम पाएको उनको दाबी छ।

त्यस समय चलेका गायक निमा रुम्बा, नविन के भट्टराई लगायतकाले गाउने प्राय गीत उनैले एरेन्ज गर्थे। २०५० को दशकमा चर्चित ९५ प्रतिशत गीत उनैले एरेन्ज गरेको बताउँछन् नरेश।

'एक घण्टामा एउटा गीत मज्जाले एरेन्ज गर्ने खुबी थियो,' सुनिलको चाडो काम गर्ने बानीको तारिफ गर्दै भने।

एरेन्जर र संगीतकारको काम धेरै गरे पनि उनी आफैँले ४ वटा गीती एल्बम सार्वजनिक गरे।
 
गीतकार, संगीतकार, अरेन्जरसँगै गिटारिस्टका रुपमा पनि सुनिल चर्चित रहे।

बर्देवाको मङ्गलबार राति साढे आठ बजे मृत्यु भयो। ४४ वर्षीय उनको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो। जण्डिसका कारण उनको स्वास्थ्य स्थिती कमजोर भएको थियो।

ब्ल्याक पेपड स्टुडियोमा एरेन्जरको रुपमा कार्यरत उनी चाँडै नयाँ गीतको भिडियो सहित आउने तयारीमा थिए। उनका साथी सन्तोष भट्टराईले भने, 'उसले भाउजुलाई डेडिकेट गरेर गीत गाएको थियो। भिडियो बनाउने योजना गर्दा गर्दै हामीले ढिला गरेछौं।'

बर्देवाले पत्नी शोभा बर्देवालाई समर्पण गर्दै गीत रचेका थिए र भिडियो सुटका लागि पोखरा, जोमसोम लगायतका ठाउँ जाने योजनामा थिए। तर उनले अनायसै पत्नीको बाटो पछ्याए। 

यो पनि पढ्नुस
 

उसले रक्सी छोडेन, उसलाई रक्सीले नि छाडेन!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell