काठमाडौं : फोर्ब्सको अर्बपति सूचीमा रहेका विनोद चौधरीका माइला छोरा राहुल चौधरीको अर्को साता भारतीय युवती सुरभी खेतानसँग बिहे हुने भएको छ।
चौधरीले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर छोरा राहुलको बिहेको निम्तो दिएका छन्। उनले निम्तामात्र होइन त्यसबारे नेपाली मिडियालाई प्रेस नोटसहित तस्बिरसमेत उपलव्ध गराए।
मोदीलाई निम्ता दिँदा उनका दुई छोरासँगै थिए जुन उनले सामाजिक सञ्जाल ट्विटबाट सबैसामु पस्के पनि। यसबारेको समाचार हेर्न क्लिक गर्नुस्।
नेपालको सबैभन्दा ठूलो ब्यापारिक घरानाहरुमध्येको एक तथा चर्चित परिवारको सदस्य हुन लागेकी सुरभी को हुन् त ? धेरैको चासो छ। डलर अर्बपतिको बुहारी बन्न लागेकी सुरभी पनि ठूलै व्यापारिक घरानाकी छोरी हुन्।
मुम्बईमा व्यवसायिक घरानामा जन्मेकी सुरभी र राहुलको गत असारमा इगेजमेन्ट भएको थियो। राहुल र सुरभीको बिहे अर्को साता राजस्थानको जयपुरमा हुँदैछ।
बिहेमा प्रधानमन्त्री सुशील कोइराला लगायतका वरिष्ठ नेता, ठूला व्यवसायिक घराना र मारवाडी परिवारका केही व्यक्तिलाई मात्रै निम्तो दिइएको छ।
बिहेमा नेपालबाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा लगायतका नेताहरु भारत जाने सम्भावना छ।
सुरभी मुम्बईका व्यवसायिक घराना सुर्दशन र सुष्मा खेतानकी छोरी हुन्। राहुल भने सिंगापुर र दुवईमा बसेर सिनोभेसन सिजीबाट चौधरीको विदेशको व्यापार हेर्छन्।
उनी सिंगापुरको अतिला होटल तथा रिसोर्ट, ताज होटलको चेन चलाउने ताज होटल एण्ड रिसोर्ट, ताज सफारी भारत, वियोण्ड इण्डिया, जेटविङ जिंक जर्ने श्रीलंका, अमाया हस्पिटालिटी, न्युयोर्क, अभलान सिनोभेसन इन्क फिलिपिन्स तथा जिंक हस्पिटालिटी अफ्रिका भेञ्चर्सका निर्देशक हुन्।