PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

६ फोटोमा हेर्नुस्, त्रिवि मैदानमा चियर लिडरको डान्स

६ फोटोमा हेर्नुस्, त्रिवि मैदानमा चियर लिडरको डान्स

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विशाल वारियर्स एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेट प्रतियोगिताको फाइनलसम्म पुग्न असफल भयो।
 
कान्तिपुर गोर्खाज विरुद्धको उद्घाटन खेल र कलर्स एक्स फ्याक्टरसँगको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि वारिसर्य तेस्रो स्थानमा रहँदै फाइनल पुग्न सकेन। राउण्ड रोविन लिगमा खेलाइएको प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा एक्स फ्याक्टरले पहिलो ब्याटिङ गरिरहेको बेला पानी पर्न सुरु गरेपछि खेल रोकियो र अन्त्यमा निरन्तर वर्षका कारण खेल हुन सकेन। ५ खेलबाट ६ अंक जोडेको वारिसर्य तेस्रो स्थानमा रह्यो।
 
वारियर्स फाइनलमा पुग्न नसके पनि टिममा चियरलिडर्सहरुले भने दर्शकलाई निरन्तर मनोरन्जन दिइरहे। यसअघि पारस खड्काले छक्का र चौका प्रहार गर्दा नाच्ने चियर लेडीहरु वारियर्सका बलरले विपक्षी खेलाडीलाई आउट गर्दा पनि नाच्थे।
 
तर कलर्स विरुद्धको अन्तिम खेलमा पारस र पारसका टिमका खेलाडीले ब्याटिङ गर्न पाएनन्। जसका कारण दर्शक चियर लेडीको प्रदर्शन धेरै हेर्न पायनन्। तर यसअघि खेलेका विशाल वारियर्सले खेलेका तीन खेलमा भने चियर लेडीले दर्शकलाई भरपुर मनोरन्जन दिए। कीर्तिपुरस्थित त्रिवि मैदानमै पुग्ने दर्शक र टेलिभिजनमा प्रत्यक्ष हेर्ने दर्शकलाई पनि उनीहरुले मनोरन्जन दिए।
 
६ टिमको सहभागिता रहे पनि इपिएलमा चियर लिडर भएको एक्लो टिम हो- विशाल वारियर्स। उक्त टिमका तीन जना चियर लेडी वारिसर्यको गेम हुँदा मैदानमा खेलाडीलाई हौसला प्रदान गर्थे भने मैदानबाहिर दर्शकलाई मनोरन्जन दिन्थे।


ट्रेन्डिङ पोस्ट

Ncell