PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हिरो जीवन लुइँटेलको 'नाच्न जान्दैन आँगन टेडो' तर्क!



स्वेच्छा राउत

काठमाडौँ : अाइतबार राइजिङ मलको पाँचौ तल्लामा फिल्म राधाको ट्रेलर रिलिज समारोह थियो। हलमा फिल्मका नायक जीवन लुईँटेल, नायिका सञ्चिता लुईँटेल लगायतको उपस्थीती थियो।

कार्यक्रम सकिएपछि हलबाट बाहिर निस्केका नायक जीवन लुईंटेललाई पत्रकारले  भने,'दाइ आजको प्रेस मिट त बलिउड स्टाइलको भयो।'
जीवन लुईंटेलले हाँस्दै प्रतिक्रिया दिए,'म भएको ठाउँमा कहिले बोरिङ् फिल हुन दिएको छु ?'  

हुन पनि नेपाली कथानक चलचित्र राधाको गीत तथा ट्रेलर सार्वजनिक समारोहमा जीवनले मिथुन चक्रवतीदेखी शाहरुख खान हुँदै अर्जुन राम्पालसम्मको क्यारिकेचर गर्न भ्याए। प्रसङ्ग थियो जीवनको नसुध्रीएको नृत्य। चलचित्र क्षेत्रमा राम्रो अभिनय र हिरोइक क्यारेक्टरका बाबजुद पनि राम्रो नाच्न नजान्ने हिरोका रुपमा परिचित छन् जीवन।

कार्तिक १२ गतेबाट प्रदर्शनमा आउने फिल्म राधाको दुई रमाईला गीतको भिडियोमा पनि उनको नृत्य अस्वभाविक देखिएपछी पत्रकारले सोधे- जीवन लुईंटेलको डान्स नसुध्रनेनै हो?

'कुन हिरो, कस्तो नाच्ने कलाकारको छाप पर्यो भन्ने कुराले असर गर्दो रहेछ', जीवनले यति भनेर सुरु गरे नोस्टाल्जिक कथा।

बच्चै देखी हिरो बन्ने रहर। त्यसैले पनि धेरै फिल्म हेरें। इन्डिया बोर्डर तिर भएकाले नेपाली फिल्म खासै हेरिएन। हिन्दी फिल्मको प्रभाव धेरै पर्‍यो। त्यो बेलाको हिट हिरो को ? भन्दा संजय दत्त। त्यही मनपर्यो उसैले जस्तो नाच्न थालें। अलि बुझ्ने भएपछी अर्को प्रभाव पर्‍यो सन्नी देवलको।

सन्नीकै क्यारिकेचर गर्दै भने,'बाबा काका सबैले गर्दा देवलको फिल्म हेरेर "घातक", "बेताब", "तेजाब" सबै याद छ। स्कूल गएर आफू बुझ्ने भएपछी  मिथुन चक्रवती मन परेको बताउने उनले 'चोरी चोरी दिल तेरा चुराएङ्गे...' गाएर उसैको जस्तो नाचेर पनि देखाए। स्कुल छोडेर कलेज जान थाले पछी जादु तेरी नजरको शाहरुख र  मोडल भएपछी दिल हे तुम्हाराको अर्जुन राम्पालबाट इन्स्पायर भएकाले आफूले राम्रो नाच हेर्ने, सिक्ने र सुधार्ने समय खेर फालेको उनले सुनाए।

उसो त उनले डान्स सुधार्ने प्रयास हिरो भएपछी पनि नगरेका होईनन्। पुतलिसडकको आरती कल्चरमा डान्सकै लागि खटिएको बताउँने उनले निर्देशकहरु पनि उनको नृत्यकला नसुध्रेकोमा हरेश खाएको स्वीकार्छन्।

सन् २००० को मिस्टर नेपाल जीवन वर्षमा एउटा मात्र फिल्म गर्ने योजनामा भएको बताउँदै भन्छन्,'मेरो क्यारेक्टर सुहाउँदो फिल्म होस् जुन सुकै जानराको पनि गर्छु तर फिल्ममा देखिनैका लागि मात्र जस्तो पनि फिल्म गर्दिन।' उनले आफ्नो प्रतिस्पर्धा आफैंसँग बाहेक कोहीसँग नहुने पनि बताए।

काव्यिक बोली भएका जीवन साहित्यमा पनि रुची राख्छन्। हाल उनि आफ्नो उपन्यासमाथी काम गर्दैछन्। यस अघि कविता संग्रह 'नायक' प्रकाशित गरेका उनले उपन्यास भने सन् २०१८ मात्र आउने जानकारी पहिलोपोस्टलाई दिए। भने,'एकदिनमा दुई पाना भन्दा बढी लेख्दिन।' जीवनलाई लाग्छ हिरोइजम, साहित्य र कलाकारिता एक अर्कासँग सम्बन्धित छन्।

चलचित्र राधामा भने उनि राम पात्रको भूमिका निर्वाह गर्दैछन्। फिल्ममा उनिसँगै जोडी बाँधेकी छिन् नायिका संचिता लुइटेलले। योगेश घिमिरे निर्देशित फिल्मलाई विष्णुमणी दाहाल र शुशिल कार्कीले निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell