A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6984b383d5f414.33005267): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6984b383d5f414.33005267,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

दशकयता दसैंमा टीका नलगाएका फुटबल कप्तान अनिल भन्छन्- 'पुराना दिन फर्किए हुन्थ्यो'
PahiloPost

Feb 5, 2026 | २३ माघ २०८२

दशकयता दसैंमा टीका नलगाएका फुटबल कप्तान अनिल भन्छन्- 'पुराना दिन फर्किए हुन्थ्यो'



गोविन्दराज नेपाल

दशकयता दसैंमा टीका नलगाएका फुटबल कप्तान अनिल भन्छन्- 'पुराना दिन फर्किए हुन्थ्यो'

काठमाडौं : यसपटक नेपाली राष्ट्रिय फुटबल टोली निरन्तर ट्रेनिङमा व्यस्त रह्यो। महिनाको एउटक मैत्रीपूर्ण खेल खेल्ने व्यवस्था एन्फाले मिलाउने बताए पनि त्यसो हुन सकेन, तर खेलाडीहरु भने निरन्तर ट्रेनिङमै रहे।
 
दसैं आउनैलाग्दा पनि नेपाली टोली ट्रेनिङमै व्यस्त रह्यो। सबै खेलाडीले दसैंमा पनि खेललाई महत्व दिए। २० गते देखि ३० गतेसम्म १० दिनका लागि भने उनीहले दसैं छुट्टी पाएका छन्। धेरैजसो खेलाडी दसैं मनाउन आफ्नो परिवार भेट्नका लागि घर पुगेका छन्।
 
कोही लामो सम देखि घर गएका हुँदैनन्, त्यसैले पनि दसैं विशेष महत्वको हुने गर्छ। यस्तोमा फुटबल खेलाडीहरुले दसैं कसरी मनाउलान्?
 
राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ दसैं मनाउन यति बेला आफ्नो घर पोखरामा छन्। यो दसैंमा उनी निकै उत्साहित छन्। वर्षको एक पटक आउने दसैंमा परिवारसँग रमाइलो गर्न पाइन्छ। जताततै दसैंको रौनक छाउँछ।
 
उनी ट्रेनिङ सकाएर बिहीबार नै गृहनगर पोखरा पुगेका हुन्। पहिलोपोस्टसँगको कुराकानीमा अनिलले वर्षको एकपटक आउने दसैंमा दिल खोलेर रमाइलो गर्ने बताए।
 
'हामी खेलाडी भएकोले प्राय: वर्ष दिनभरि नै परिवारबाट टाढा हुन्छौं,' उनले योजना सुनाए, 'त्यसैले वर्षमा एक पटक आउने दसैंमा परिवारसँग बसेर रमाइलो गर्ने योजना छ।' यो पटक परिवार र साथीभाइ सबैसँग गेट टुगेदर गर्ने प्लानिङ छ अनिलको। साथै उनको दसैं स्पेशल बन्ने भएको छ। 'हामी निकै पुराना साथीहरु यसपटक दसैंमा भेट हुँदैछौं,' उनले सुनाए, '२ देखि १० वर्षसम्म नभेटेका साथी यो पटक भेट्ने विशेष योजना छ।'
 
स्कुलमा सँगै पढेका साथीहरुलाई जुटाउने अवसर पनि हो दसैं। अनिल यही अवसर छोप्दैछन्। विदेशबाट आएका साथीहरु सबै सँगै बसेर रमाइलो गर्ने योजना छ उनको। यसअघि विदेशबाट आएर सामान्य भेटघाट भए पनि रमाइलो गर्ने मौका पाएका थिएनन्। अब यो दसैंले उनमा थप खुसी थप्नेछ।
 
दसैं भन्नेबित्तिकै उत्साहित बनेका अनिलको घरमा भने दसैंको टीका लगाइँदैन। '१० वर्षजति भयो हामीले टीका नलगाएको,' बुद्धिस्ट भएका कारण टीका नलगाएको उनको भनाइ छ। 'यो पटक नलगाए पनि अर्को पटकदेखि टीका लगाउनका लागि म परिवारलाई भन्नेछु,' टीकाबाट मोहित भएका अनिलले भने।
 
पहिले र अहिलेको दसैंमा निकै भिन्नता देख्छन्, अनिल। त्यो नयाँ लुगा, त्यो पिङ, त्यो चङ्गा चेट अनि साथीभाइहरुसँगको रमाइलो… सबै कुरा अहिले पनि मिस गर्छन् उनी।
 
'नयाँ लुगा त अहिले पनि लगाइन्छ, साथीभाइसँग पनि भेटिन्छ,' उनी नोस्टाल्जिक बन्छन्, 'बच्चा बेलाको जस्तो नहुँदो रहेछ। सानोमा पिङ खेल्दा चङ्गा उडाउँदा छुट्टै मज्जा आउँथ्यो।'
 
पहिले उनको परिवारमा धेरै रमाइलो हुन्थ्यो। ठूलाबडाको हातबाट टीका लगाउने, आशीर्वाद थाप्ने, थोरबहुत दक्षिणा पनि पाइने। 'ती रमाइला क्षणहरुकै याद आउँछ। त्यस्तै रमाइदा दिनहरु फेरि फर्केर आओस जस्तो लाग्छ,' उनी भन्छन्।
 
सानोमा सधैं परिवारसँगै हुन्थे उनि। फुटबल टिमका कप्तान अनिल सम्झन्छन्, 'अहिले वर्षैभरि परिवारबाट टाढा हुन्छु, दसैंमै हो सबै परिवारसँग एकैपटक भेट हुने। साथीभाइसँग भेट्ने र रमाइलो गर्ने।'
 
अरुले जस्तै अनिल पनि दसैंमा परिवारसँग, साथीभाइसँग बसेर तास खेल्छन्। रमाइलोका लागि यस्तो अवसरका खेले पनि बाहिर भने उनी कहिल्यै खेल्ने गरेका छैनन्। 'हल्का रमाइलोका लागि खेलिन्छ तर म तास खेल्दा जहिल्यै हार्ने गर्छु,' उनले हाँस्दै भने, 'यसपालि पनि खेलिन्छ तर म पेसेवर भने होइन।'
 
कुराकानीको अन्त्यमा दसैंमा टीका नलगाउने अनिलले शुभकामना भने दिन भुलेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell