PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

विदेशीसँग मनाइयो म्ह पूजा, वसन्तपुरको साटो अन्नपूर्ण होटलमा कार्यक्रम

विदेशीसँग मनाइयो म्ह पूजा, वसन्तपुरको साटो अन्नपूर्ण होटलमा कार्यक्रम

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौं : नेवार समुदायले हरेक कार्तिक शुक्ल प्रतिपदाका दिन म्ह पूजा पर्व मनाउँदै आएका छन्। नेवार समुदायले आफ्नो आत्मा पूजा गरी मनाउने यो परम्परा विशेष कार्यक्रमको रुपमा पनि आयोजना हुँदै आएको छ।

विगत १५ वर्षयता काठमाडौंको हनुमानढोकामा पेबिलेन्ट ग्रुपले आयोजना गर्दै आएको म्ह पूजा कार्यक्रम यो वर्षका होटल अन्नपूर्णमा भयो। हनुमानढोकामा गरिने भए पनि भूकम्पले निम्त्याएको क्षतिका कारण दुई वर्षयता पूजा होटलहरुमा आयोजना हुन थालेको छ।

कार्यक्रममा विभिन्न विदेशी आयोगका प्रमुखहरुको उपस्थिति रह्यो। पेबिलेन्ट ग्रुपका अध्यक्ष एवं म्ह पूजा कार्यक्रमका संयोजक नरेश श्रेष्ठका अनुसार विदेशी आयोगका प्रमुखलाई नेपाली संस्कृति र परम्परा बारे जानकारी दिन यो कार्यक्रम आयोजना गर्दै आइएको हो।

पहिलोपोस्टसँगको कुराकानीमा उनले भने,'सांस्कृतिक सद्भाव आदान प्रदानका लागि यो पूजा कार्यक्रम अत्यन्त आवश्यक छ।' कार्यक्रमको सजावट र व्यवस्थापनको जिम्मा लिएको 'कुमारी गिफ्ट एण्ड आर्ट ग्यालरी'का सदस्य दिवश डंगोलका अनुसार म्ह पूजालाई यसरी आयोजना गर्दा नेवार संस्कृति मात्र नभएर कलाको पनि उत्थान भएको छ।

उनले भने,'कल्चरसँगै कला एक्सचेन्जका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ।'

हेर्नुस् इलिट जोशीले खिचेका फोटोहरु


ट्रेन्डिङ पोस्ट

Ncell