PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'सुस्केरा' फिल्मको घोषणामा देखिएको नौलो शैलि



स्वेच्छा राउत

'सुस्केरा' फिल्मको घोषणामा देखिएको नौलो शैलि

काठमाडौं: ललितपुर कुपन्डोलको १०० वर्ष पुरानो घरमा रहेको ब्रिक्स क्याफे मौलिक देखिन्छ। त्यसमाथि तिहारको लागि गरिएको सजावट। फरक ढङ्गमा कार्यक्रम गर्ने होडले फिल्म निर्देशक साम्तेन भूटियालाई पनि छोयो। 

तान्द्रो, अनागत लगायत अन्य ४ फिल्म प्रदर्शन अगावै लेखक तथा निर्देशक साम्तेन भूटियाको नयाँ फिल्म 'सुस्केरा' घोषणा कार्यक्रम थियो। तर परिवेश भने कुनै घरमा देउसी भैलो खेल्नेको झुण्ड जम्मा भए जस्तो देखिन्थ्यो। 

निर्देशक भूटियाले भने,'हामी वरिपरी माहोल जस्तो छ त्यसको असर पर्छ नै। त्यसमाथि तिहारको छेकोमा फिल्म घोषणा गर्दा यस्तो हुनै पर्‍यो।

उपस्थित अतिथिले कार्यक्रम उद्घाटनमा रिबन काट्नु, पानसमा बत्ती बाल्नुको सट्टा तिहारमा घर सजाउने दियो बाले। अतिथिको गलामा पनि  देउसी भैलो टोलीलाई जस्तै सयपत्री फूलको माला लगाइदिए। कार्यक्रममा आएका सम्पूर्णलाई युनिट टोलीले दिपावलीको शुभकामना स्वरुप भाइ मसला पनि बाँड्यो। औपचारिक कार्यक्रम पश्चात देउसी गीत गाउँदै फिल्मका नायकले सुस्केरा कै लागि तयार गरिएको गीत गाए। 

फिल्मबाट डेब्यु गर्दैछन् नायक स्वरुप पुरुष ढकालले। उनले फिल्ममा अभिनय मात्र गर्दै छैनन्। मौरी इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा स्वरुपकै शब्द, संगीत र स्वर रहनेछ। विभिन्न हिन्दी सिरिजमा देखिएका ढकालले भारतमै अध्ययन सक्काएर आएका हुन्। 

सुस्केरा मार्फत डेब्यु नै गर्दैछिन् नायिका सुरक्षा पन्तले पनि। इन्जिनियरिङकी विद‍्यार्थी रहेकी उनले यस अघि फिल्म सपोर्टिङ नायिकाका रुपमा काम गरिसकेकी छिन्। सुरक्षाले भनिन्,'माया बुझ्न समय लगाउनेहरुको कथामा एउटा पात्र बनेर आउँदै छु। दर्शकले मन पराउनु हुनेछ भन्ने आशा छ।' 

सुस्केरा फिल्म हिन्दी भाषामा पनि बन्ने जानकारी निर्देशक भूटियाले दिएका छन्। पुरुषोत्तम प्रधानले खिच्ने भनिएको फिल्मलाई नरेशदेव पन्तले निर्माण गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell