PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नायिका बर्षा राउतले लिइन् बन्दमा 'रिस्क'



स्वेच्छा राउत

नायिका बर्षा राउतले लिइन् बन्दमा 'रिस्क'

काठमाडौं : नायिका वर्षा राउत बन्दका दिनहरुमा घरबाट बाहिरै निस्किन्न थिइन्। उनलाई लाग्थ्यो बन्द घोषणा भएको दिन कतै हिड्नु 'रिक्स' हो।

तर आइतबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको दिन भने उनी रिक्स मोल्न तयार भइन्। रिक्स मात्र मोलिनन् उनी बन्दको प्रतिरोधमा सार्वजनिक रुपमै उत्रिइन्।

किन प्रतिरोधमा जुटिन् त बर्षा भन्ने प्रश्नमा उनले भनिन् – मेरो फिल्म 'जात्रा' हलमा लागेको छ। म प्रमोशनमा जुटिरहेकी छु।
 
आज बिहान १० बजे अघि बाटोमा सार्वजनिक सवारी साधन देखिएका थिएनन्। निजी सवारीसाधन फाट्टफुट्ट देखिन्थे।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म जात्रा युनिटले पनि आफ्नो टिमको लागि गाडी निकाल्यो र सुरु गर्यो बन्दको बिरोध।

कार्यकारी निर्माता रबिन्द्र सिंह बानिया, निर्देशक प्रदिप भट्टराई, कलाकारहरु विपिन कार्की, रबिन्द्र झा, प्रकाश घिमिरे, वर्षा राउत लगायतको टोली दर्शकको प्रतिक्रिया बुझ्न हल हल चहारे।

नायिका वर्षा राउत भन्छिन्,'आफ्नो मिहिनेत लगानी भएको फिल्म हलहरुमा लागिरहेको छ। दर्शक दु:ख गरेर हेर्न आउँछन्। हामी कसरी घरमै बस्नु?'

उनले इन्स्टाग्राममा बन्दको बिरोधमा फोटो नै पोस्ट गरिन्। क्याप्सनमा लेखेकी छिन्,'बन्दले देश बन्दैन।' आइतबार बिग मुभिजमा 'दाह्री ग्याङ्ग' नामक समुहले गरेको च्यारिटी शो अघि वर्षा राउत सहित फिल्म युनिटले बन्द बिरुद्ह कार्यक्रम राखे। सोही कार्यक्रमका दौरान फोटो खिच्दै बर्षाले इन्स्टामा अपलोड गरेकी हुन्। अनि सार्वजनिक रुपमै म्यासेज दिने कोसिस गरिन्।

फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँका अनुसार बन्द भएपनि हलहरुमा राम्रो सङ्ख्यामा दर्शकको उपस्थिती छ।

पहिलोपोस्टसँगको कुराकानीमा भने,'हल नै बन्द भए हो, फिल्मलाई असर गर्ने। तर त्यस्तो भएन। हल र दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell