PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​डा. गोविन्द केसी आज साँझ ५ बजेदेखि फेरि आमरण अनसनमा, यी हुन् उनका नौ बुँदे माग



​डा. गोविन्द केसी आज साँझ ५ बजेदेखि फेरि आमरण अनसनमा, यी हुन् उनका नौ बुँदे माग

काठमाडौँ : डा. गोविन्द केसीले आज अपराह्न ५ बजेदेखि पुनः आमरण अनसन बस्ने घोषणा गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा वरिष्ठताका आधारमा आइओएममा डिन नियुक्त गर्नुपर्ने लगायतका आफ्ना मागहरु पूरा नभएको भन्दै आमरण अनसनको घोषणा गरेका हुन्। 

यी हुन् उनका नौ बुँदे माग 

१) वरिष्ठताका आधारमा तत्काल आइओएममा डिन नियुक्त गरियोस्, साथै नियुक्ति मा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गरियोस्।

२) एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए झैं (एमबीबीएसःउपत्यकाभित्र ३५लाख, उपत्यकाबाहिर ३८.५ लाख, बीडीएसः २० लाख) यो वर्ष पनि कायम गर्न तत्काल विश्वविद्यालयहरुलाई निर्देशन दिइयोस्।

३) चिकित्सा शिक्षा ऐन नआउँदै विस्तारित कार्यक्रम वा अन्य कुनै बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिइयोस्।

४) संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा हामीले सुझाएका संशोधनहरु समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताहरु अनुकूल हुने गरी पारित गरियोस्।

५) अदुअआ प्रमुख लोकमान सिंह कार्कीमाथि महाभियोग प्रक्रिया निस्कर्षमा पुर्‍याएर उनलाई जवाफदेही बनाइयोस्  तथा  मेडिकल शिक्षामा अझै बढ़ी अनियमिततामा संलग्न आयुक्त राज नारायण पाठक माथि समेत तत्काल छानबिन अघि बढाइयोस्।

६) जयराम गिरी समितिले दोषी ठहर्‍याएका आइओएमका पूर्वपदाधिकारीलाई तत्काल कारवाही गरियोस् । मेडिकल शिक्षामा भएका अनियमितता माथि छानविन गर्न  न्याययिक जाँचबुझ आयोग पुनःगठन गरेर त्यसको कार्यक्षेत्रमा निम्न कुरा थपियोस्। विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा परीक्षाका क्रममा भएका धाँधली एवम् अनियमितता, बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु ले गरेका अनियमितता समेत। 

७) आइओमलाई पूर्ण स्वायत्त संस्था बनाउने । त्यतीन्जेलका लागि अधिकतम आर्थिक, शैक्षिक र प्रशासनिक स्वायतता दिलाउने । 

८) संसदमा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक फिर्ता गर्ने।
 
९) सरकारी शिक्षण संस्थानहरुमा सत प्रतिसत निशुल्क भर्नाको सुनिस्चितता गर्ने (दुर्गममा र सरकारी विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरु र समाजमा अपेक्षित वर्गका लागि केहि सिट सुरक्षीत हुने गरी) र प्रत्येक प्रदेश/क्षेत्रमा कम्तिमा एउटा सरकारी मेडिकल, डेन्टल, नर्सिङ कलेज खोल्ने सम्झौता तुरुन्त कार्यन्वयन गर्ने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell