PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सौगात मल्ल भन्छन्- 'मलाई हाकु कालेका रुपमा मात्र नचिनिदिनुस्'



स्वेच्छा राउत

सौगात मल्ल भन्छन्- 'मलाई हाकु कालेका रुपमा मात्र नचिनिदिनुस्'

काठमाडौं : नेपाली फिल्म उद्योगमा टर्निङ पोइन्ट मानिएको फिल्म 'लुट'मा हाकु कालेका रुपमा देखिए सौगात मल्ल। त्यसपछि सौगात नचिन्नेहरुले पनि हाकु कालेलाई भने चिन्न थाले। उनले फिल्ममा बोलेको डायलग 'बल होइन पासा डिमाग लगा' डिमाग'ले पनि खुब चर्चा कमायो। तर लुटले दिलाएको सो परिचयमा सीमित हुन चाहेनन् उनी। त्यसैले भन्छन्, 'कुनै एउटा फिल्ममा निर्वाह गरेको भूमिकाकै आधारमा मात्र कलाकारलाई चिन्नु हुँदैन।'
  
त्यसपछिका हरेक फिल्ममा उनी फरक भूमिकामा देखिँदै आएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'कलाकार कहिले पनि एउटा मात्र पात्रका रुपमा चिनिएर सन्तुष्ट हुँदैन। उसले विविध चरित्र निर्वाह गरेको हुन्छ।'
 
सौगातलाई लाग्छ, कलाकार एउटै मात्र रुपमा प्रस्तुत हुन थालेपछि ऊ कलाकार रहँदैन। भन्छन्, 'कलाकारले त हरेक किसिमको भूमिका निर्वाह गर्न सक्नुपर्छ।'
 
कुनै पनि कलाकारले भूमिका सुनेको आधारमा काम गर्न सक्ने/नसक्ने निश्चित गर्न नहुने पनि उनले बताए। 'समय लिएर आफूले निभाउनुपर्ने भूमिकामा आफूलाई ढाल्न सक्ने नै कलाकार हुन्,' उनी भन्छन्।
 
लुट टुमा पुन: हाकु कालेकै रुपमा देखिन लागेका सौगातलाई हाकु कालेले आफ्नो अन्य भूमिका र कलाकारिताको क्षमतामा प्रश्न गर्न नसक्ने बताउँछन्। हरेक फिल्ममा दर्शकले स्विकार्न सक्ने पात्र भएर खडा हुन आफूले निकै मिहिनेत गर्ने पनि उनले बताए।
 
'लुटले जुन परिचय दियो त्यो अतुलनीय छ। तर हरेक फिल्ममा सौगात मल्लले आफ्नो भूमिकालाई स्थापित गर्न शतप्रतिशत दिन्छ नै,' उनी ढुक्क छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell