PahiloPost

Jul 6, 2026 | २२ असार २०८३

ब्याटिङ, ब्याटिङ र ब्याटिङ : नेपालको लज्जास्पद पराजयको कारण कोचको नजरमा



गोविन्दराज नेपाल

ब्याटिङ, ब्याटिङ र ब्याटिङ : नेपालको लज्जास्पद पराजयको कारण कोचको नजरमा

काठमाडौँ : थाइल्याण्डमा शनिबारदेखि सुरु भएको एसीसी महिला एसिया कप ट्वान्टी २० अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १८.१ ओभरमा अलआउट हुँदै ४७ रनमात्र बनायो। परिणाम पराजय अवश्यंभावी थियो। 

आजको अर्को खेलमा नेपालले केही सुधार गर्ने अपेक्षा थियो। तर अघिल्लो खेलभन्दा पनि लज्जास्पद पराजय भोग्ने क्रममा नेपाली टोली १६ दशमलव २ अोभरमा मात्र २३ रनमा अलआउट हुन पुग्‍यो।

के हो त नेपालको पराजयका तीन प्रमुख कारण? पहिलोपोस्टले कोच राजु बस्न्यातलाई सोध्दा उनले भने, ब्याटिङ, ब्याटिङ र ब्याटिङ। 

हुन पनि टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको नेपाली टोलीको ब्याटिङ बिर्सन लायक थियो। ८ जना ० मा आउट भएका थिए भने एक जनाको १ रन थियो। 
 
'८ जना सून्यमा आउट हुनु भनेको डिजायस्टर नै हो', कोच बस्न्यातले भने, 'नेपालको जुन स्टायन्डर्ड छ त्यसको १५ प्रतिशत पनि निस्केको छैन।'

नेपालले अब भोलि बंगलादेशसँग खेल्नेछ भने त्यसपछि थाइल्यान्ड र भारतसँग खेल्न बाँकी छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell