PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कप्तान रुबिनाले स्वीकारिन् : राम्रो खेल्न सकेनौं, पाँचै खेलमा हारका यी हुन् कारण



गोविन्दराज नेपाल

कप्तान रुबिनाले स्वीकारिन् : राम्रो खेल्न सकेनौं, पाँचै खेलमा हारका यी हुन् कारण

काठमाडौं : थाइल्याण्डमा सम्पन्न महिला एसिया कपमा नेपालले खेलेका ५ वटै खेलमा हार बेहोर्यो । नेपालले कुनै पनि खेलमा आफ्नो इनिङको पूरै ओभर खेल्न सकेन। सबै खेलमा अलआउट भयो।

के हो त नेपालको हार र अलआउट हुनुका मुख्य कारण?

नेपाली टीमकी कप्तान रुबिना क्षेत्रीले पनि नेपालले सोचेजस्तो प्रदर्शन गर्न नसकेको र राम्रो गर्ने आश गरेर जाँदा पनि ओभरअलमा टुर्नामेन्ट नराम्रो भएको स्वीकार गरे। पहिलोपोस्टसँगको कुराकानीमा रुबिनाले नेपालले खेलेको ५ खेलमा हार बेहोर्नुको मुख्य ५ कारण यसरी दिइन्।

१) सबै खेल हार्नुमा मुख्य दोषी हामी नै हौं, किनकी हामीले नै नराम्रो खेल्यौं। ओभरअल राम्रो खेल्ने कोसिस गर्दा गर्दै पनि खेल्न सकेनौं। अरु कसैलाई दोष दिने कारण छैन।

२) ब्याट्सवुमनहरु चल्न सकेनन्। उनीहरुले रेस्पोन्सिबल भएर खेल्न सकेनन। पाँचै खेल हार्नुमा ब्याटिङ कमजोर रह्यो। कोही पनि चल्न सकेनन्। मुख्य ल्याक यहीँ भयो।

३) थाइल्याण्डबाहेक अन्य चार राष्ट्र टेष्ट खेल्ने टीम थिए। टेष्ट खेलेका भएर नै नेपालका केही खेलाडीहरु डराएर खेलेको प्रतिक्रिया दिए।

४) कप्तान भएर म आफैँले पनि राम्रोसँग खेल्न सकिन। ब्याट्सवुमन लगातार आउट भएकोले प्रेसर पनि पर्यो। लगातार खेलहरु हार्दै गएपछि थाइल्याण्डविरुद्ध पनि लय समात्न नसकेकै कारण हार बेहोर्यौं। म बाहेक आशा गरिएका अन्य खेलाडीहरु निरा, नेरी, इन्दु बर्मा, रोसनी बोहरा, रश्मी शर्मा जस्ता खेलाडीले पनि राम्रो खेल्न सकेनन्।

५) प्रेसर नलिइ खेल भन्दा पनि ब्याट्सवुमनहरुले नराम्रो सट खेलेकै कारण आउट भएका छन् धेरै। खेलाडीहरुको विकेटको भ्यालु बुझ्न सकेनन्। बलिङ पनि यो पटक राम्रो हुन सकेन। एक जना आउट भएपछि अरु खेलाडी पनि निरन्तर आउट हुने क्रम चल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell