PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

किम्फ आजबाट : सेतो सूर्यको विशेष प्रदर्शनी



स्वेच्छा राउत

किम्फ आजबाट : सेतो सूर्यको विशेष प्रदर्शनी

काठमाडौं : इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आजबाट सुरु हुँदैछ । हरेक वर्ष अङ्ग्रेजी महिनाको ८ डिसेम्बरबाट सुरु हुने फेस्टिभलको यो १४ औं संस्करण हो। आज १२ बजे उद्घाटन हुने महोत्सवमा सिंगापुर फिल्म फेस्टिवलमा उत्कृष्ट घोषित फिल्म सेतो सुर्यको नेपाल प्रिमियर ओपनिङ शोका रुपमा प्रदर्शन हुँदैछ।

यो संस्करणमा २६ देशका ८० भन्दा बढी फिल्म देखाइने आयोजकले बताएका छन्। फिचर फिल्मसँगै, सर्ट फिल्म, डकुमेन्ट्री, डकुड्रामा महोत्सवमा देखाइन्छ। किम्फमा यो वर्ष नेपाली प्यानोरामा तर्फ सोह्रवटा फिल्म प्रदर्शन हुने भएका छन्।

किम्फ आयोजकले बिस देखि पच्चिस हजारसम्म दर्शक आउने अनुमान गरिएको छ। भने,'पोहोर भूकम्पको असरमा पनि उत्साहजनक सहभागिता थियो। त्यसैले यो वर्ष पोहोरभन्दा धेरै दर्शक अपेक्षा गरेका हौं।'

फेस्टिभलमा इन्टरनेशनलतर्फ प्रथम हुने फिल्मले १५ सय डलर, दोस्रोहुनेले १ हजार र तेस्रोहुनेले पाँचसय अमेरिकी डलर प्राप्त गर्ने छन्। नेपाली प्यानोरामातर्फ विजेता हुने फिल्मले पचास हजार प्राप्त गर्नेछ।
सन् २००० बाट सुरु भएको किम्फ सन् २००७ बाट वार्षिक रुपमा आयोजना हुँदै आएको छ। कुमारी हलमा ५ दिनसम्म चल्ने फेल्टिभल १२ डिसेम्बरमा समापन हुनेछ। आयोजकका अनुसार फिल्म प्रदर्शन बिहान १०:३० देखि सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell