PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सकियो किम्फ: नेपाली डकुमेन्ट्री बढ्दा आयोजक मक्ख



स्वेच्छा राउत

सकियो किम्फ: नेपाली डकुमेन्ट्री बढ्दा आयोजक मक्ख

काठमाडौं: पोहोर साल २०७२ मा भूकम्पको मारका कारण काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल आयोजक फेस्टिवल सार्ने सोचसम्म पुग्यो।
दर्शक नआए आयोजक मात्र होइन फिल्म निर्माण युनिटहरु पनि निरास हुन पर्ने जोखिम थियो।

दोधारै–दोधारमा फेस्टिवलले निरन्तरता पायो र प्रतिकृया विश्लेषण सोचेभन्दा फरक आयो।

'उत्साहपुर्ण सहभागिता हुन्छ भन्ने सोचेकै थिएनौं,' आयोजक बस्नत थापाले भने 'अफ्ठ्यारो परिस्थितीमा किम्फको १३ औं संस्करण सफल भयो।'

यो वर्ष (२०१६)का लागि काठमाडौं ईन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ)को १४ औं संस्करण सोमवार सम्पन्न भयो। पाँच दिन लामो फिल्म फेस्टिवलमा २६ देशका ९० फिल्म प्रदर्शन भए।

कस्तो रह्यो त किम्फ !

आयोजक रम्यता लिम्बुले सन्तोषजनक प्रतिकृया पाएको प्रतिकृया दिइन्। एउटा संस्करण सक्किनासाथ नयाँ संस्करणको तयारीमा जुट्ने भएकाले कुनै पनि वर्ष किम्फ समापन भएको महसुस नै नहुने उनले बताइन् ।

हरेक वर्ष बढ्ने उत्साहजनक सहभागिताले आफूहरुलाई थप उर्जा मिल्ने गरेको उनले सुनाइन्। किम्फको दर्शकमा कुनै उमेरहद नभएको रम्यताको अनुभव छ। '१० वर्षको बच्चादेखि ६० वर्षका बुबाआमा पनि आउनु भएको ५। फिल्म हेरेर प्रतिक्रिया दिइरहनुभएको छ' उनले भनिन् ।

औपचारिक रुपमा दर्शकको गणना नभए पनि विक्री भएको टिकट संख्याको आधारमा यो वर्ष २० हजार हाराहारी दर्शकको किम्फमा आएको आयोजकको अनुमान छ।

यो वर्ष नेपाली पानारोमामा १६ फिल्म प्रदर्शन हुनुलाई आयोजकले उपलब्धी मानेका छन्।

नेपालको सबैभन्दा पुरानो मानिएको फिल्म फेस्टिवल किम्फको सबैभन्दा ठूलो उदेश्य नै फिल्म निर्माणदेखि फिल्मी दर्शकसम्मको संख्या बढाउनु रहेको आयोजकले बताए।

फिचर फिल्ममा मन बसेको दर्शकका लागि किम्फले डकुमेन्ट्रीतर्फ ध्यानाकर्षण गराउन अभ्यास गरेको लिम्बुले बताइन्।
राष्ट्रिय, अनतराष्ट्रिय दुवै स्तरका उत्कृष्ट सर्ट फिल्म र डकुमेन्ट्रीहरु यो वर्ष पनि प्रदर्शन गर्न पाएकोमा गर्व महसुस गर्छन् थापा ।

'हरेक वर्ष किम्फले यसरी नै निरन्तरता पाए हामीलाई पुग्छ' उनले भने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell