PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

यु १९ एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल : नयाँ नेतृत्व, कठिन चुनौती



गोविन्दराज नेपाल

यु १९ एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल : नयाँ नेतृत्व, कठिन चुनौती

काठमाडौं : एसीसी यु १९ युथ एसिया कप क्रिकेट प्रतियोगिता भोलीदेखि श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा एसियाका उत्कृष्ट ८ युवा टोलीको सहभागिता रहनेछ।

जसमा नेपाल आयोजक श्रीलंका, उपाधिको दाबेदार भारत र मलेसियासँगै समूह ए मा छ। समूह बी मा पाकिस्तान, बंगालदेश, अफगानिस्तान र सिंगापुर छन्।

नेपालले पहिलो दिनै आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नेछ। यस्तै शुक्रबार भारतसँग तथा आइतबार मलेसियासँग समूह चरणको खेल खेल्नेछ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टीम सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपालले यसअघिका दुई संस्करणमा समूह चरण पार गर्न सकेको छैन। यो पटक श्रीलंका जानुअघि प्रशिक्षक विनोद दास र कप्तान सन्दीप लामिछानेले समूह चरण पार गर्ने बताएका छन्।

सन् २०१२ मा पहिलो पटक भएको एसिया कपको उपाधि भारत र पाकिस्तानले संयुक्त रुपमा जितेको थियो। नेपाल रहेकै समूहबाट यी दुई टीम सेमिफाइनल पुगेका थिए। नेपालले त्यसबेला आयोजक मलेसियालाई मात्र हराउन सकेको थियो।

दुई वर्षपछि युएईमा भएको प्रतियोगितामा पनि नेपालले आयोजकलाई हराउँदा भारत र पाकिस्तानसँग हार बेहोरेको थियो।
जहाँ भारत पाकिस्तानलाई नै हराउँदै दोस्रो पटक च्याम्पियन बन्यो।

नेपालले २००७ यता एसियाली स्तरका कुनै पनि युवा इभेन्टमा उपाधि जित्न सकेको छैन। नेपालले २००१ देखि २००७ सम्म लगातार ४ पटक एसीसी यु १९ एलिट कपको उपाधि जितेको थियो।

सन् २०१४ र २०१५ मा भएको एसीसी यु १९ प्रिमियर लिगमा नेपाल अफगानिस्तान भन्दा पछि रहँदै उपविजेता बनेको थियो।
यो पटक नेपालले एसिया कप खेल्नुअघि कुनै पनि छनोट प्रतियोगिता खेल्न पाएन। त्यहि भएर ट्यालेन्ट हण्टमार्फत एसिया कप खेल्ने खेलाडीको छनोट गरिएको हो।
 
के छ नेपाली टीमको विशेषता ?

प्रशिक्षक र कप्तान दुवैमा डेब्यु
नेपाली टीमको प्रशिक्षक र कप्तान दुवैले पहिलो पटक उक्त भूमिका निर्वाह गर्दैछन्। यसअघि सिनियर टीमको कप्तानी सम्हालेको र सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका विनोद दास पहिलो पटक यु १९ टीमको प्रशिक्षक पद सम्हाल्न लागेका हुन्। यस्तै सिनियर टीमबाट खेलिसकेको सन्दीप लामिछानेले पनि पहिलो पटक युवा टीमको कप्तानी गर्दैछन्। गत वर्ष बंगलादेशमा भएको यु १९ विशवकपमा सन्दीपले ह्याट्रिकसहित १४ विकेट लिएर शनसनी मच्चाएका थिए। सन्दीप तीनसाता अघि मात्र अष्ट्रेलियाका पूर्व वान डे कप्तान माइकल क्लार्कको निमन्त्रणमा ग्रेड क्रिकेट खेलेर हाएका हुन्। त्यसैले पनि सन्दीपलाई कप्तान पद पाउन महत्वपूर्ण भूमिका खेलेको छ। सन्दीपले राष्ट्रिय टीममा खेलिसकेकोले यु १९ टीमको कप्तानी गर्नुपर्दा कुनै बोज थपिएको महसुस नगरेको बताए। 'राष्ट्रिय टीममा पहिलो पटक खेल्दा नै नर्भस भएको थिएँ, तर अहिले त्यस्तो कुनै फिल छैन।' सन्दीपले भने।
 
ट्यालेन्ट हण्टबाट खेलाडी छनोट
पहिलो पटक नेपाली टीमका खेलाडी ट्यालेन्ट हण्टमार्फत छनोट गरिएको छ। यसअघि क्षेत्रीय स्तरको प्रतियोगितामार्फत खेलाडी छनोट गरिएकोमा यस पटक फरक ढंगबाट खेलाडी छनोट गरिएको हो। विराटनगर, काठमाडौं, कलैया, भैरहवा, नेपालगन्ज र धनगढीबाट ट्यालेन्ट हण्टमार्फत खेलाडी छानिएको हो। सुरुमा करिब एक हजार जनाबाट ५६ खेलाडी छानिएको थियो। त्यसबाट ५२, १९ हुँदै अन्तिम १५ सदस्यीय टोली बनाइएको हो। प्रशिक्षक दासले यो छोटो समयमा यसरी खेलाडी छान्नुपर्दा केही गाह्रो भएपनि टीममा राम्रा खेलाडीले स्थान बनाएको विश्वास व्यक्त गरेका थिए।
१५ सदस्यी टोलीमा रहेका कप्तान सन्दीप, सन्दीप सुनार, दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, अविनाश कर्ण र नन्दन कुमार यादव यसअघि नै यु १९ क्याम्पमा रहेको प्लेअर हुन् भने बाँकी खेलाडी ट्यालेन्ट हण्टबाटै छनोट भएका हुन्।
५२ जना भित्रै परेको यु १९ क्याम्पका ललित नारायण राजवंशी र सागर भण्डारी भने अन्तिम सूचीमा परेनन्। त्यसबाहेक अन्य खेलाडीमा पनि यु १६ लेभलमा खेलेको अनुभव छ भने केहीले धरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका छन्।
 
३ खेलाडीसँग विश्वकप खेलेको अनुभव
१५ जनामध्ये ३ खेलाडीसँग गत वर्ष बंगलादेशमा युवा विश्वकप खेलेको अनुभव छ। कप्तान सन्दीप बाहेक सन्दीप सुनार र दिपेन्द्र सिंह ऐरीले विश्वकप खेलिसकेका छन्। यसबाहेक मोहम्मद आशिफ शेख, आदिल, खान, प्रकाश केसी, पवन सराफले नेपाली यु १६ टोलीबाट खेलिसकेको छन्। सबै किसिमका खेलाडीको संयोजन रहेकाले प्रशिक्षक दासले टीम राम्रो बनेको र उत्कृष्ट प्रदर्शन गर्ने बताए।
 
स्पिनर मुख्य हतियार
सियिनयर टीममा जस्तै युवा टोलीमा पनि नेपालको बलियो पक्ष बलिङ नै हो। प्रशिक्षक विनोद दास स्पिनर नै नेपालको बलियो भएको बताउँछन्। 'यसअघि जस्तै हामीसँग बलिङ राम्रो छ। स्पिनमा भेराइटी छ, लेग स्पिनर, अफ स्पिनर लेफ्ट, आर्म अर्थोडक्स पनि छन्। मिडियम पेस पनि लुक्स गुड, कमल ऐरीले ब्याक गरेका छन्। लास्ट टाइम इन्जुरीले गर्दा कमल यु १९ टीममा परेका थिएनन्। यस्तै नन्दन यादव पनि टीममा परेका छन्।'
'सबै डिपार्टमेन्टमा टीम राम्रै देखिएको छ। ब्याटिङमा पनि राम्रो छ। आशिफ शेख र अनिल शाहको आगमनले ब्याटिङमा राम्रो देखिएको छ।' ब्याटिङमा राम्रो गर्न समय दिनुपर्ने दास बताउँछन्। 'त्यो लेभलमा गएर तपाईले ओभरनाइट ब्याटिङ गर्न सक्नुहुन्न।'
'बलिङमा कन्डिसनको सहयोग पायो भने नयाँ बलिङले पनि राम्रो गर्न सक्छ। यदी ब्याट कन्डिसन त्यो लेभलमा फेस गर्न तयार छैन भने इट्स गइङ टु बी हार्ड।'
'यदी केटाहरुले अनेस्ट रुपमा फाइट गर्ने हो भने आइ बिलिभ वि क्यान डु बेटर।'
 
 
श्रीलंकालाई हराउन सक्षम
समूह चरणमा नेपालसँगै मलेसिया, श्रीलंका र भारत छन्। नेपालको दाउ मलेसियासँगै श्रीलंकालाई हराएर अगाडी बढ्ने छ। त्यसमा श्रीलंकालाई पनि हराउन नेपाल सक्षम रहेको प्रशिक्षक दासले बताए। 'हामी किन सक्दैनौं श्रीलंकालाई हराउन? यसअघि पनि यु १९ लेभलमा हामीले पाकिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका जस्ता टीमलाई हराइसकेका छौं। त्यसैले म कुनै रिजन देख्दिन श्रीलंकालाई हराउन नसक्ने।'
त्यसैले पनि नेपाल श्रीलंकालाई हराउन सक्षम रहेको दासले दावी गरे। 'श्रीलंकामा खेल्दा भारत जहिले पनि उपाधिको दाबेदार हुन्छ। वि हाभ नथिङ टु लुज अगेइन्ट्स दिज टु टीम।'
'हामीमा उनीहरुसँग खेल्ने पोटेन्सियल छ। यदी हामी आफ्नो स्ट्रेन्थमा विश्वास गरेर अगाडी बढ्ने हो भने राम्रो गर्न सक्छौं।'
'मलेसिया पनि यो पटक राम्रो टीम हो। हामीले कुनै गल्ती गर्नुहुँदैन। पछिल्लो दुई वर्ष उनीहरुले युथ क्रिकेटमा राम्रो इन्भेस्ट गरेका छन्। अघिल्ला टुर्नामेन्टहरुमा भन्दा यो पटक उनीहरुको टीम पनि बेटर छ। उनीहरुले त्यो दुई वर्षमा धेरै तयारी गरेका छन्। उनीहरुले पनि एउटा राम्रो टीम लिएर आउँछ।'
 
सेमिफाइनल टार्गेट
दोस्रो चरण अर्थात सेमिफाइनल पुग्ने नेपालको लक्ष्य रहेको दासले बताएका थिए। 'हाम्रो मेन टार्गेट सेकेण्ड राउण्डको लागि फाइट गर्ने हो। मलाई थाहा छ की यो त्यति सजिलो पक्कै हुने छैन। १५ दिनको तयारीले त्यो लक्ष्य प्राप्त गर्न त्यति सजिलो पक्कै हुनेछैन।'
'यही हामीसँग एक वा दुई महिनाको समय भएको भए हामी अझै सुधार गर्न सक्थ्यौं। नेपाली क्रिकेटको संरचना र भौतिक पूर्वाधारको अपर्याप्तताले यो सबै हात पार्न पनि गाह्रो हुन्छ।'
'यति हुँदा हुँदै पनि हामीले १५ दिनमा जे जती सुविधा र पूर्वाधारहरु उपलब्ध थिए त्यसैलाई राम्रोसँग प्रयोग गरेका छौं।'
 
कस्तो रहयो तयारी ?
आयोजकले श्रीलंकाले टीम घोषणा गर्दा समेत नेपालले टीम कसरी तयार पार्ने खेलाडी कहाँबाट जुटाउने भन्ने पत्तो थिएन। एक महिना अगाडी एसियाकप खेल्ने खेलाडी छान्न ट्यालेन्ट हण्टमार्फत आवह्वान गरियो। त्यसबाट छानिएका खेलाडीहरुले जम्मा १५ दिन मात्र राम्रोसँग तयारी गर्न पाए।
नेपालले खेलकुदको कुनै पनि प्रतियोगिता खेल्न जाँदा देखिने सबैभन्दा ठुलो समस्या भनेकै प्रतियोगिताको तयारी नै हो। युवा टीममा पनि त्यो प्रस्टै देखियो।
'१५ दिन मात्र प्रोपरली टेनिङ गर्न पायौं। त्यसमाथि पनि म्याचमा फोकस भयौं। फिजिकल फिटनेस र टेकिसनकल इस्युजहरुलाई फोकस गर्न हामीसँग पर्याप्ट टाइम नै थिएन। त्यसैले म्याचहरुमै फोकस गर्यौं।' दासले  भने।
'हामीलाई श्रीलंकामै गएर प्राक्टिस गर्ने वा घरेलु मैदानमा अभ्यास गर्ने भन्ने अप्सन थियो। तर मैले नै टीमलाई यही राखेर प्रशिक्षण गर्दा बेटर हुन्छ जस्तो लागेर त्यहि शैली अपनायौं।'

(फोटो रमण शिवाकोटी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell