PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

छक्कापञ्जाको अर्को रेकर्ड, सय दिन पुग्दा पनि दर्शकको क्रेज उस्तै



स्वेच्छा राउत

छक्कापञ्जाको अर्को रेकर्ड, सय दिन पुग्दा पनि दर्शकको क्रेज उस्तै

काठमाडौं : फिल्म ‘छक्कापञ्जा’ले आजबाट प्रदर्शनको सय दिन पूरा गरेको छ। रेकर्ड नै रेकर्ड बनाएको फिल्म काठमाडौंभित्र मात्र ६ सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ।
 
तीन मल्टिप्लेकस र तीन सिंगल स्क्रिनमा दैनिक दुई शोसम्म चलेको फिल्मले ग्रस १६ लाखको कमाइ गरिसकेको छ। २०७३ को लागि फिल्मले ब्लकबस्टर लिस्टमा नाम दर्ता गराइसकेको छ।
 

हलमा दर्शकको फ्लो

सिटी सेन्टर बिग मुभिजको स्क्रिन १ मा बेलुकी ५ बजेको लागि हल पाएको छ छक्कापञ्जाले। बिग मुभिजले दिएको जानकारी अनुसार दर्शक फ्लो धेरै नभए पनि बढीमा ३० प्रतिशतसम्म सिट प्याक हुने गरेका छन्। अहिलेकै रेसियोमा दर्शक आए फिल्मले अर्को हप्तासम्मलाई मात्र स्क्रिन पाउँछ।
 
गुण सिनेमामा भने फिल्मको तीन शो छ। त्यहाँ पनि फिल्मका लागि दिनमा सयभन्दा माथिको सङ्ख्यामा दर्शक आउन छोडेका छन्।
 
त्यस्तै सिंगल स्क्रिन रहेको हल गंगामा भने प्रदर्शनमा आएका पछिल्ला फिल्मभन्दा छक्कापञ्जाले नै राम्रो व्यापार गरिरहेको छ। अरु दिन दुई शो रहेको छक्कापञ्जाको शनिबार भने चार शो राख्दा पनि हल अकुपेन्सी राम्रो छ। हल सञ्चालक मदनमान बज्राचार्यले भने, 'हामीलाई हुने फाइदाले फिल्म उतारेनौं। फिल्मलाई पनि फाइदा भयो। सय दिन मनाउँदैछ।'
 
सिंगल स्क्रिनकै सिद्धार्थ र पुष्पाञ्जली हलमा पनि छक्कापञ्जाले दुई/दुई शो पाएको छ।
 
मल्टिप्लेक्स गोपीकृष्णमा चार वटै शोले नियमितता पाएको छ। बिहान ८ र ११ अनि दिउँसो २ र ५ बजेको शो भइरहेको छ। संयोजक प्रदीप दहालका अनुसार एक शोमा ५० जनासम्म दर्शक आउने गरेका छन्।  'बेलुकीको शोमा २० जना मात्र हुँदा पनि फिल्म चल्यो,’ उनले भने।
 
गोपीकृष्णमा अर्को फिल्म प्रदर्शनम आएर हिट नभए छक्कापञ्जाले स्क्रिन नछोड्ने उनी बताउँछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell