PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लिबियाको यात्रुवाहक विमान अपहरणकारीले गरे आत्मसमर्पण, सबै सकुशल रिहा



लिबियाको यात्रुवाहक विमान अपहरणकारीले गरे आत्मसमर्पण, सबै सकुशल रिहा

दुई जना गद्दाफी समर्थकहरुले अपहरण गरेको भनिएको लिबियाको यात्रुवाहक विमानका सबै यात्रु सकुशल रिहा भएका छन्।

लिबियाको अफ्रिकिया एयरवेजको ए ३२० विमानलाई शुक्रबार अपहरण गरिएको थियो। 

अपहरणकारीले आत्मसमर्पण गरेपछि उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत जानकारी गराए। 

विमानमा ८२ जना पुरुष र २८ जना महिला यात्री थिए भने सात जना चालकदलका सदस्य रहेका थिए। विमानमा लिबियाली, भारतीय र पाकिस्तानी नागरिक रहेका थिए। 

अपहरणकारीहरुले आफूसँग ह्यान्ड ग्रिनेड रहेको भन्दै आफ्ना मागहरु पूरा नभए पडकाइदिने धम्की दिएका थिए। 

सेबाहबाट त्रिपोलीतर्फ जाँदै गरेको विमानलाई आकाशबाटै माल्टातर्फ मोड्न लगाइएको थियो।  फोटो : रोयटर्स

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell