PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : किर्गिस्तानले बंगलादेशलाई हरायो, यस्तो छ नेपालको फाइनल पुग्ने समिकरण



गोविन्दराज नेपाल

​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : किर्गिस्तानले बंगलादेशलाई हरायो, यस्तो छ नेपालको फाइनल पुग्ने समिकरण

काठमाडौं : एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले भोली सोमबार अन्तिम खेलमा किर्गिस्थानसँग खेल्दैछ। किर्गिस्थान विरुद्धको खेल नेपालको लागि फाइनल पुग्न निकै महत्वपूर्ण छ। 

नेपालले फाइनल पुग्न किर्गिस्तानलाई हराएर मात्र पुग्दैन आयोजक बंगलादेश र माल्दिभ्स बीचको खेलको नतिजा समेत कुर्नुपर्नेछ। यदी नेपालले किर्गिस्तानलाई हराउने र बंगलादेश माल्दिभ्ससँग पराजित भएको खण्डमा भने नेपाल फाइनल पुग्नेछ। 

यदी नेपाल पराजित भएको खण्डमा भने फाइनल पुग्न असफल हुनेछ र तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नुपर्नेछ। 

तर यस च्याम्पियनसिपमा अपराजित रहेको किर्गिस्थान ३ जितबाट ८ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ। किगिस्तानले दुई खेल सोझो सेटमा जित्दै ३ ३ अंक जोडेको थियो भने एक खेल बेस्ट अफ फाइभमा जितेका कारण २ अंक मात्र पाएको थियो।

यता नेपाल ३ खेलबाट २ मा जित र एकमा हारसँगै ५ अंकका साथ तेस्रो स्थानमा छ। नेपालले एक खेल सोझो सेटमा जित्दै ३ अंक पाएको थियो एक खेल बेस्ट फाइभमा जितेका कारण २ अंक मात्र पाएको थियो। 

नेपाल समान २ मा जित र १ मा हार बेहोरेको बंगलादेश भने ७ अंकसहित दोस्रोमा छ। बंगलादेशले दुई खेल सोझो सेटमा जितेको थियो भने एक खेल ५ सेटमा पुगेर हारेको थियो। बेस्ट अफ फाइभमा हारेका कारण बंगलादेशले त्यस खेलमा पनि १ अंक जोेड्न सफल भयो। त्यसैले पनि बंगलादेश नेपालभन्दा अगाडी रहेको छ।

यता ३ खेलमा एक खेलमात्र जितेको माल्दिभ्स ३ अंकका साथ चौथो स्थानमा छ भने चारै खेल हारेको अफगानिस्तान १ अंककासाथ अन्तिम स्थानमा छ। अफगानिस्तान नेपालसँग ५ सेटमा हारेका कारण १ अंक जोड्न सफल भएको हो।

५ टोली सहभागि राउण्डरोविन लिगमा अफगानिस्तानले पाँचौं स्थानमा रहँदै प्रतियोगिता टुंगाएको छ।

गत वर्ष ७ टोली सहभागि रहेको च्याम्पियनसिपमा नेपाल चौथो भएको थियो।

सोमबारको खेल
नेपाल VS किर्गिस्तान
बंगलादेश VS माल्दिभ्स   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell