- अंगद ढकाल -
लामो समयदेखिको प्रेम प्रसङ्गलाई टुङ्गोमा पुर्याउँदै बिहीबार उनले आफ्नो बुद्धनगरस्थित निवासमा प्राप्ति राज्यलक्ष्मी राणालाई भित्र्याउँदैछन्। बुधबार स्वयंवर थियो।
दुबो अनि रातो गुलाबको मालामा सजिएर स्वयंवरका लागि साङ्ग्रिला पुगेका पारस रोयल लुक्समा देखिन्थे।
घ्यु रङ्गको लबेदा सुरुवालमा ठाँट्टिएर हिँडेका पारस कालो चश्मा र लेसवाला लेदर ब्ल्याक सुजमा निकै ह्यान्डसम देखिएका थिए।
दाहिने हातको साहिँली औँलामा इन्गेजमेन्ट रिङ र कानमा हीराको टप लगाएका पारस रेखीमात्रै देखिने हल्का जुङ्गामा थिए।
बेहुला पारस र बेहुली प्राप्ति।
बैँकर अनिल शाह बेहुलाबेहुलीसँग फोटो खिचाउँदै। स्वयंवरमा मिडियालाई पहुँच दिइएको छैन।