PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अख्तियारको आँगनमा लोकमानकी छोरीको बिहे, हेर्नुस् एक्सक्लुसिभ फोटोहरु



अख्तियारको आँगनमा लोकमानकी छोरीको बिहे, हेर्नुस् एक्सक्लुसिभ फोटोहरु

  • उमेश श्रेष्ठ/पहिलोपोस्ट -
काठमाडौँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित मुख्य कार्यालयमा बिहीबार बिहानैदेखि बेग्लै चटारो थियो। मुख्य गेट वरपर सुरक्षाकर्मीहरु ‘हाइ अलर्ट’मा  थिए।

नियमित हाजिरीमा आएका कर्मचारी त्यतिबेला छक्क परे, जब सँधै पस्दै आएको मूलगेटतिर लाग्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोके।

बिहीबारका लागि अख्तियारकै कर्मचारीहरुको लागि छुट्टै प्रवेश द्वारको व्यवस्था थियो। सँधै प्रवेश गर्दै आएको द्वारमै सुरक्षाकर्मीहरुले उनीहरुको मोटरसाइकल र गाडी रोक्थे,  अनि ‘उताबाट जानुस्’ भन्दै बाटो देखाउँथे।

त्यतिमात्र हैन, अख्तियारको मूलद्वार नजिकैको गल्लीमा समेत कसैलाई प्रवेश गर्न दिइएको थिएन। सिभिल ड्रेसका प्रहरी र एक ट्राफिक जवान त्यहाँ तैनाथ थिए। गल्लीभित्र प्रवेश गर्न खोज्ने मोटरसाइकललाई उनीहरु प्रवेश निषेध भएको जनाउ दिन्थे।

कारण थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीकी छोरी डा. आध्याश्री कार्कीको बिहे। लोकमानले आफ्नी छोरीलाई अन्माउने थलोका रुपमा रोजेका थिए, अख्तियार परिसरकै भवन।

कार्कीको बिहे स्कटल्यान्ड पढेर आएका सुभाशीष थपलियासँग आज हुँदैछ। उनी उद्योगी तथा व्यापारी रोहिणी थपलियाका छोरा हुन्।

सुभाशीषको सिंगापुरमा आइटी कम्पनी छ। थपलिया परिवार बिहान १० बज्नुअगावै तीन वटा गाडीमा जन्ती लिएर अख्तियारको मूल गेट भित्र छिर्दै गर्दा दायाँ बायाँ छतमा समेत प्रहरीले सुरक्षा दिएका थिए।

सुरुमा एउटा बसमा पन्चै बाजासहितको टोली अख्तियारभित्र प्रवेश गर्‍यो। लगत्तै एउटा पर्यटक नम्बर प्लेट भएको गाडीमा जन्ती पनि प्रवेश गर्‍यो। पछाडि बग्घीमा सवार दुलहा राजा थपलिया थिए।

सुरक्षाकर्मीले स्यालुट ठोकेर मूल गेट खोल्दै बाटो देखाउँदा थपलिया मुस्कुराए। पर्यटकीय बसबाट झरेका जन्ती अख्तियारको आँगनमै ‘भन सोल्टी, बरोबर नढाँटी..’ बाजामा कम्मर मर्काएर नाचे। उनीहरुले ल्याएका थिए ब्यान्डबाजा। सँगै दुलहीपट्टीबाट जन्तीको स्वागतका लागि पन्चेबाजा घन्कँदै थियो।    












भिडियो खिच्न अख्तियारकै कर्मचारी। 

अख्तियार कर्मचारीहरुलाई आज यो बाटो हुँदै प्रवेश गर्न भनिएको थियो। मूल प्रवेश द्वार जन्तीका लागिमात्रै थियो। 


छतमा सुरक्षाकर्मी। 


अख्तियारको मूल प्रवेश द्वार। 

मूल प्रवेश द्वारमा यस्तो थियो सुरक्षा। 


अख्तियार भवन नजिकैको गल्लीमा समेत मोटरसाइकल प्रवेश गर्न दिइएको थिएन। 

यो पनि हेर्नुस्-
यी हुन् लोकमानका ज्वाइँ, यसरी भयो बिहे हेर्नुस‍् एक्सक्लुसिभ फोटो र भिडियो 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell