काठमाडौँ : बार र बेञ्चबीच सात बुँदे सहमतिसँगै बारका सबै विरोध कार्यक्रम फिर्ता भएका छन्।
उच्च अदालतका न्यायाधीशहरुको नियुक्तको सिफारिशको विरोधमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन विरोधमा उत्रिएका थिए।
सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल र बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच वार्ता भई सात बुँदे सहमति भएको हो।