काठमाडौँको जोरपाटीमा डेरामा बस्दै आएका ओखलढुङ्गाकी विमला तामाङ। निरन्तर गइरहने परकम्पका कारण कोठा छोडेर चुच्चेपाटीमा रहेको तारागाउँ विकास समितिको खाली जग्गामा पालमा आइन्। परकम्पले बिस्तारै छोड्यो तर विमलाले शिविर छोडिनन्। भन्छिन्,'सुरुमा बस्न अफ्ठ्यारो थियो। तर बिस्तारै बानी पर्यो। फ्रिमा बस्न पाउन्जेल किन छोड्नु?' सबैलाई हटाए मात्र आफूले पनि सो ठाउँ छोड्ने उनी सुनाउँछिन्।
नेपालले त्रासदपूर्ण भूकम्प भोगेको २१ महिना भइसक्यो। त्यतिबेला काठमाडौँका सबैजसो खुला ठाउँ शिविर बनेका थिए। बिस्तारै भूकम्पसँगै मान्छेको मन पनि हल्लन कम भयो र शिविर बन्द हुँदै गए।
तर चुच्चेपाटीको शिविर उस्तै छ। भरिभराउ छ। को असली पीडित पत्ता लगाउनै गाह्रो छ।
कोही नयाँ मान्छे चासोसहित कम्पाउन्ड प्रवेश गरे टहराहरु भित्रबाट एक एक गर्दै सो मान्छेलाई वरिपरीबाट घेर्नु अनौठो हुँदैन। केहीले सोधी पनि हाल्छन्- कुन संस्थाबाट? राहतको लागि हो?
'हाम्रो त घर नै भत्क्यो', 'मेरो त केही छैन', 'राहत केही पाएका छैनौं' जस्ता संवाद चुच्चेपाटी शिविरमा सामान्य लाग्छन्। तर आफैलाई पीडित बताउनेहरुको जीवनशैली असामान्य।
मोरङ घर भएकी रञ्जु अधिकारी र उनका पति पनि केही समय यता शिविरमा छन्। पति दिउँसो अफिस जान्छन्। रञ्जु भने चुच्चेपाटीमै समय कटाउँछिन्। उनीहरुको शिविरभित्रै कम्पाउन्ड सहितको टहरा छ। भान्सा र कोठाको पार्टिसन। टिभी, दराज अन्य केही फर्निचर पनि। टहरा बाहिर लसुन र साग लगाएको बारी पनि छ। सुविधासम्पन्न देखिन्छ परिवेश। तर पनि सबै भूकम्पले सक्कायो भनेको सुनिन्छ।

***
'असली पीडितले उहिल्यै शिविर छाडे'
काभ्रेपलान्चोक महादेवस्थानका मानकाजी परियारको परिवार गाउँमा छँदा गाउँलेको लुगा सिलाएर जीविकोपार्जन गर्थे। सम्पत्तिको नाममा घर र तरकारी रोप्न मात्र पुग्ने जग्गाको टुक्रा थियो। २०७२ वैशाख १२ गते आएको भूकम्पले घर लडायो। ओत लाग्ने छतनै नरहेपछि श्रीमती र दुई छोरी लिएर उनी काठमाडौं आए।
सरकारले भूकम्प पीडितकै लागि व्यवस्थागरेको अस्थायी शिविरमा उनले एउटा टहरा पाए। चुच्चेपाटीमा रहेको तारागाउँ विकास समितिको खाली जग्गामा उनीजस्तै बसोबास उठेर आएका सयौं परिवार थिए। चुच्चेपाटीमा रसुवा, सिन्धुपाल्चोक र काभ्रेका पीडितहरुले आश्रय लिए। सरकारी र निजीस्तरको संघसंस्थाहरुले उपलब्ध गराएको राहतले खाने लाउने समस्याको समाधान त भयो तर वर्षा याम लागेसँगै प्लास्टिकको पालले भरपर्दो ओत दिन छोड्यो। र बिस्तारै पीडितहरु गाउँ फर्कन थाले।
'गाउँतिरनै बस्ने ठाउँको व्यवस्था गर्न सक्नेहरु त फर्किए नि। सरकारले गाउँमै क्षतिपूर्ति रकम पनि दिने भनेपछि को बसोस् यता?' मानकाजी भन्छन्,'आफ्नो पो त केही बाँकी छैन।'
पानीको अभाव। केही पर रहेको उपत्यका खानेपानी संस्थामा पुगेर पानी ओसार्न पर्ने झन्झट। एक वर्ष अघि बनाएको ट्वाइलेटको बार र छत मात्र बाँकी छ। यस्तै अवस्था बीच गाउँबाट बोकेर आएको सिलाई मेशिनले मानकाजी परिवारको दैनिकी धानेको छ। चुच्चेपाटी शिविरमा बस्दै आएकाहरुको नयाँ पुरानो लुगा बनाएर उनले आयको बाटो बनाएका छन्।
'गाउँ गएर आफ्नो भागको रकम त बुझेँ, तर घर बनाउन नपुग्ने भएपछि आजसम्म यतै छौं।'
मानकाजीका दुई छोरीले त काठमाडौं गोकर्णमा रहेको एक सरकारी स्कूलमा पढ्न पनि थालिसके।
तर आफूसँगै आएका असली पीडितहरुले उहिल्यै क्याम्प छोडेको उनको दाबी छ। भन्छन्,'त्यताबाट आएकाहरु छोराछोरीको पढाइ र खेतीपातीको कामले गाउँ फर्किसके। बिस्तारै बिस्तारै को को आए, कता कताबाट आए रेकर्ड राख्ने कोही छैन।'
अहिले चुच्चेपाटीको शिविरमा चाबहिल, बौद्ध, महाँकाल, जोरपाटी वरिपरीका मानिस बस्दै आएको केही समय अघिसम्म शिविरको स्वयंसेवामा खटिएकी याङ्जी शेर्पाले बताइन्। 'नियन्त्रण गर्नै नसक्ने गरी मान्छे बढे। न रोक्न मिल्ने न छेक्न।'
हाल क्याम्पमा तीनसय बढी टहरा छन्। को असली पीडित? को नि:शुल्क टहराको प्रयोगका लागि बस्दै आएका? यी विषयलाई ध्यानमा राख्न अहिले कुनै निकाय छैन।

लोभको बास
चमेली चौधरी। चटपटे, पानीपुरी बेच्ने काम गर्छिन्। भूकम्प गएको वर्षदिनसम्म पनि उनी पति र छोरीसँग कपन पैटार बस्दै आएकी थिइन्। तर अहिले उनी चुच्चेपाटी क्याम्पमा आफूलाई भूकम्पपीडित बताउँदै बसिरहेकी छिन्।
'अरु त के हुन्थ्यो घर भाडा तिर्न पर्ने पैसा जोगिन्छ। जबसम्म हटाउँदैन तबसम्म बस्ने हो', कोठाको भाडा तिर्न नपर्ने भएरै खुल्ला चौरको पालमा बसेको स्वीकार्छिन् उनी। तर १३ महिने छोरीको स्वास्थ्य शीत र भुईंको चिसोका कारण बिग्रेकोमा चिन्तित पनि छिन्। भन्छिन्,'एक दुई हजारको लोभले यता आएर बसियो। चिसो र फोहोरले बिरामी परे झन् बढी उपचार खर्च लाग्ने पिर।'
चुच्चेपाटी शिविरमा शुद्ध खानेपानीको अभाव त छ नै। न फोहोर व्यवस्थापन गर्ने उचित ठाउँ छ न ट्वाइलेट नै। पीडितको नाममा नि:शुल्क बस्ने ठाउँ खोज्दै आएकाहरुको बाख्रा र खसीपालनले वातावरण थप फोहोर बनाएको छ।
भूकम्प पीडित व्यवस्थापन समितिका अध्यक्ष रहेकी अष्टमाया श्रेष्ठका अनुसार हाल शिविरमा ४०० परिवार रहेका छन्। जसमध्य को चाहीँ भूकम्प प्रभावित भएकै कारण शिविरको प्रयोग गर्दैछन् भन्ने यकिनका साथ भन्न कुनै तथ्य छैन। गोकर्ण नयाँपाटीकी स्थानीय श्रेष्ठ स्वयं घर भत्किएका कारण चुच्चेपाटी क्याम्पमा बस्न थालेको दाबी गर्छिन्।
भनिन्,'को आउँछन् को जान्छन् थाहा हुन छोडेको छ। म त कहिलेकाहीँ आउने संस्थागत सहयोग र पिउने पानी व्यवस्थित वितरण गर्न मद्दत गर्छु। भूकम्पको नाममा राहत र सहयोगको लोभले बस्ने पनि धेरै छन्।'

मासु पसलदेखि भट्टीसम्म
उनका अनुसार अन्य ठाउँमा कोठा भएकाहरुले पनि टहरामा ताल्चा लगाएर राखेका छन्। पुन: भूकम्प आउन सक्ने त्रासदीपूर्ण हल्लाका कारण उनीहरुले आफ्नो ठाउँ सुरक्षित गरेको बताउँछिन् उनी। सार्वजनिक रुपमै शिविरको दुरुपयोग भएको छ तर रोक्न न कुनै नियम छ न निकाय नै।
नजिकै रहेको हेलम्बु यातायातको बसपार्कका कारण पनि चुच्चेपाटी शिविरको दुरुपयोग भएको पाइन्छ। बसपार्क लक्षित गरी पीडितका लागि बनाइएको टहरामा होटल र पसल खुल्ने क्रम बढ्दो छ। बसपार्कमा जम्मा हुने यात्रुको भिड र ड्राइभर खलासीकै चापका कारण पनि खाना खाजाको व्यापार हुन्छ।
बिना लगानी र टहरा भाडा व्यापार व्यवसाय गर्न पाइने भएपछि मासु पसलदेखि भट्टी पसलसम्म शिविर भित्रै खुलेका छन्।
भूकम्पपीडित परिचय पत्र बिनाका परिवारहरुले अड्डा जमाएका छन्। आफैलाई पीडित बताउनेहरुको आधिकारिक प्रतिनिधि कोही छैनन्। न कुनै तथ्याङ्क न विवरण। खाली जग्गा र निशुल्क टहराको दुरुपयोग छर्लङ्ग छ। तर पनि भूकम्प पीडितले पाउनु पर्ने सहयोग नपाएको आरोप र सरकारले हेरेन भन्ने नारा चुच्चेपाटी पुगेका जो कोहीले सुनाउँछन्।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलका अनुसार चुच्चेपाटीका स्थानीयबासीले प्रदुषण र होहल्ला बढेका कारण त्यहाको शिविर हटाउन निवेदन पेश गरेका छन्। उनले पहिलोपोस्टसँग भने,'हामी सक्कली र नक्कली पीडित छुट्टाएर चाँडै आवश्यक व्यवस्थापन गर्ने तयारीमा छौं।'
उनका अनुसार पुनर्निर्माण प्राधिकरण वा नगरपालिकाले सो शिविर र त्यहाँ रहेकाहरु बारे छानबिल गरी जानकारी दिएपछि शिविर हटाउने प्रक्रिया अघि बढ्छ।
लुईंटेलले भने,'पीडित कार्ड भएकाहरुले पनि तोकिएको अनुदान पाएको खण्डमा पनि आफ्नो ठाउँ नफर्किएको हुन सक्छन्। उनीहरुको समस्याको पनि सम्बोधन हुनेछ।'