PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

शिरीष गुरुङले सारङ्गी बजाए, हेमन्त रानाले 'साइँली' गाए



गोविन्दराज नेपाल

शिरीष गुरुङले सारङ्गी बजाए, हेमन्त रानाले 'साइँली' गाए

काठमाडौं : अहिलेका लोकप्रिय गीत साइँलीका गायक हेमन्त राना भन्ने सबैलाई थाहा होला तर उनको बारेमा अर्को तथ्य धेरैलाई थाहा नहुन सक्छ।

गायनमा आउनु अघि उनी उसुका खेलाडी थिए। उनै हेमन्तले मंगलबार निकै हतारका बावजुद पनि साइँली गीत गाए। त्यो पनि विनाट्रयाक। पूर्व खेलाडीले खेलाडी सम्मानकै कार्यक्रमम साइँली गीत गाएर खेल क्षेत्रका अडियन्सलाई मनोरञ्जन दिलाए।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए) ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ सम्मानको अवसरमा मंगलबार रसियन कल्चर सेन्टरमा आयोजना गरेको सम्मान कार्यक्रममा हेमन्तले उक्त गीत गाए। आजै अमेरिका जान लागेका उनले एनएनआइपीएकै आग्रहमा कार्यक्रममा उपस्थित भई गीत गाएका हुन्।

मोफसलमा जन्मेका हेमन्त पनि खेलाडी बन्ने हेतुले काठमाडौंमा हान्निए। खेले पनि। तर सोचेजस्तो भएन। अहिलेको जस्तो सुविधा थिएन। उनीका बेला खेलाडी चनाको भरमा खेल्थे।

खेलबाट राम्रो नभएपछि उनले पनि गन्तव्य मोडे अनि गायनतर्फ लागे।

अझै पनि उनमा खेलको मोह पहिलेको जस्तै छ।

'खेलाडीले जितेर नेपालको नाम राखेको देख्दा म निकै खुसी हुन्छ।' गीत संगीतकै कारण विश्वका २४ देश घुमिसकेका हेमन्त भन्छन्, 'अहिले पनि म खेललाई उत्तिकै माया गर्छु।'

हेमन्तले मंगलबार आफ्नै पूर्व खेल उसुका खेलाडी निमा घर्तीमगरलाई नगद प्रदान गरे। हेमन्तले १२ औं दक्षिण एसियाली खेलकूदकी स्वर्ण विजेता निमालाई नगद १० हजार प्रदान गरेका हुन्।

ऊ बेला पर्याप्त खान नपाएका हेमन्तले आफ्नो सहयोगले खेलाडीको लागि डाइट खान पुग्ने बताए।
 
पौडीका रेकर्ड होल्डरले बजाए सारङ्गी
यस्तै नेपाली खेल क्षेत्रका सबैभन्दा बढी रेकर्ड बनाउने रेकर्डमाथि रेकर्ड थप्ने पौडी खेलाडी शिरीष गुरुङले भने आफ्नो फरक प्रस्तुति दिए। उनी पौडी पोखरीमा जति रेकर्ड राख्न माहिर छन् त्यति नै गीत सगीतमा पारङ्गत छन्। उनले पनि मंगलबार छुट्टै सागीतिक प्रस्तुति दिए।

स्टेजमा अन्य तीन सदस्यका साथ ओलम्पियन शिरीषले सारङ्गी बजाएर सबैलाई मनोरञ्जन दिए। उनी सारङ्गी मात्र नभएर गीत गाउन, विभिन्न बाद्यबाधन बजाउन पनि उत्त्तिकै माहिर छन्।

उनले गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिककमा नेपालको तर्फबाट पौडीमा प्रतिनिधित्व गरेको थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell