PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​डब्लुसिएल : अब गणितको भर, यस्तो छ नेपाल शीर्ष चारमा पर्ने सम्भावना



गोविन्दराज नेपाल

​डब्लुसिएल : अब गणितको भर, यस्तो छ नेपाल शीर्ष चारमा पर्ने सम्भावना

काठमाडौं : क्रिकेट यस्ते खेल हो जहाँ अन्तिम विकेट बाँकी रहदा र अन्तिम बल प्रहार नगरेसम्म के हुन्छ भन्न सकिन्न। त्यसैले यसलाई अंक गणितको खेल पनि भनिन्छ।

नेपालको हकमा पनि यो अंक गणित धेरै पटक लागू भएको छ - सके खेल जित्ने, नसके अंकगणित प्रयोग गर्ने। कति पटक यसले नेपाललाई माथि समेत पुर्‍याएको छ।

अहिले भइरहेको आइसिसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिपमा पनि नेपाल लगभग यस्तै अवस्थामा छ।

डब्लुसिएल अन्तर्गत नेपालले केन्यासँग घरेलु मैदानमा दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकाल्यो। यसर्थ यो राउण्ड १-१ को बराबरीमा सकियो। परिणाम दुवै टोलीले समान २ अंक पाए। अंक बाँडेसँगै केन्या र नेपालको अंक तालिकामा स्थान फेरिएन।
 
केन्या १० खेलबाट १० अंक जोड्दै पाँचौं स्थानमा यथावत रहँदा नेपाल १० खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा कायमै रह्यो। दुवै टोलीको लक्ष्य दुवै खेल जित्ने थियो। तर पहिलो खेल वर्षाले प्रभावित पारेपछि नेपालले नतिजा केन्यालाई ५ विकेटले सुम्पियो भने दोस्रो खेलमा नेपालले अलराउण्ड प्रदर्शन गर्दै केन्यालाई ७ विकेटले हराइदियो।

कूल ८ टोली सम्मिलित डब्लुसिएलमा प्रत्येक टोलीले १४ खेल खेल्न पाउनेछ र प्रतियोगिताको अन्त्यमा शीर्ष चार स्थान हात पार्ने टोली अर्को वर्ष बंगलादेशमा हुने वान डे वर्ल्ड कप क्वालिफयार्समा छनोट हुनेछ।

नेपाल र केन्याले अब दुई राउण्ड अर्थात् चार खेल खेल्न बाँकी छ। यस्तोमा दुवै टोलीले शीर्ष चारमा अटाउन बाँकी रहेका आफ्ना खेल जित्नुपर्नेछ भने अरु खेलको नतिजामा पनि भर पर्नुपर्नेछ। नेपालले अब हङकङसँग उसैको मैदानमा र युएईसँग न्युट्रल भेन्युमा खेल्न बाँकी छ। यस्तोमा नेपाललाई अवे मैदानमा गएर पक्कै पनि सजिलो हुने छैन। तर १६ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सलाई उसैको मैदानमा गएर हराएको यथार्थ पनि नेपालको साथमा छ। डब्लुसिएलमा डच टोलीलाई हराउने नेपाल मात्र एक्लो टोली हो।

नेपालको हकमा शीर्ष चारमा पर्ने समीकरण यस्तो हुन सक्छ-
 
पहिलो - नेपालले आफ्नो बाँकी ४ खेल जित्ने र केन्याले बाँकी रहेको ४ वटै खेल हार्ने। यस्तो भएमा नेपालको १६ अंक हुनेछ।
 
हङकङले नेपाल बाहेक पपुवा न्यूगिनीसँग पनि खेल्न बाँकी छ। नेपालले बाँकी ४ वटै खेल जितेको अवस्थामा हङकङले पपुवा न्यूगिनीलाई हराएपनि नेपाल अंक तालिकामा अगाडि हुनेछ। त्यसका लागि केन्याले पनि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग हार्नुपर्नेछ।

यस्तो नतिजा निस्केमा हाल शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्स, पपुवा न्युगिनी र स्कटल्याण्डसँगै नेपाल शीर्ष चारमा पर्नेछ।

नेपालको पक्षमा नतिजा आए अन्य खेलहरुको नतिजाले पनि नेपाललाई कुनै प्रभाव पार्नेछैन। तर नेपालले ४ मध्ये एक खेल मात्र गुमाएको खण्डमा पनि नेपालको सम्भावना लगभग समाप्त हुनेछ।

केन्यासँग दोस्रो खेलमा जित हारेपछि कोच जगत टमाटा र कप्तान ज्ञानेन्द्र मल्लले पनि नेपालको चुनौति अझ नसकिएको र बाँकी रहेको खेल भाइटल हुने बताएका छन्। कोच टमाटाले अब अंकगणितको पनि भर हुने प्रतिक्रिया दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell