PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

शाहको हत्याको विरोधमा जाजरकोट बन्द आह्वान



जाजरकोट : नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य तथा पाँचतारा संरक्षण मञ्चका अध्यक्ष रवीन्द्र शाहको हत्याको विरोधमा आज जिल्ला बन्द आह्वान गरिएको छ।

स्थानीय बासिन्दाले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै बन्द गरेका हुन्। मङ्गलबार बेलुका भेरी नगरपालिका–३ निवासी ३६ वर्षीय शाहलाई कार्यालयको काम सकेर घुम्न निक्लिएको अवस्थामा जिल्ला अस्पताल नजिक जाजरकोट डोल्पा सडकमा ढुङ्गा प्रहार गरी अज्ञात समूहले हत्या गरेको थियो।

हत्याको नागरिक समाज, नेविसङ्घ, नेपाली काँग्रेस जाजरकोटलगायतले विज्ञप्ति निकालेर विरोध गरेका छन्। सँगै घुम्न गएका पाँच जनालाई प्रहरीले नियन्त्रण लिएर सोधपुछ जारी राखेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell