PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुनको भाउ एकैदिन ६ सय रुपैयाँले बढ्यो



सुनको भाउ एकैदिन ६ सय रुपैयाँले बढ्यो

काठमाडौं : बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। बुधबार तोलाको ५१ हजार दुईसय रुपैयाँ प्रतितोला कारोबार भएको सुनको भाउ बिहीबार ६ सयले बढेर ५१ हजार आठसय रुपैयाँ पुगेको छ।

पछिल्लो समय स्थिर जस्तै देखिएको सुनको भाउमा बिहीबार भने एकै दिन ठुलो उतारचढाव आएको हो। सुनको भाउ ५० र ५१ हजारकै आसपासमा रहँदै आएको छ। बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँ बढेर सातसय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदी बुधबार तोलाको सातसय १५ रुपैयाँमा कारोबार भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell