PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विराट आउट भएपछि अनुश्कामाथि आरोप !



विराट आउट भएपछि अनुश्कामाथि आरोप !

काठमाडौं : अस्ट्रेलियामा जारी क्रिकेटको विश्वकप प्रतियोगिता अन्तर्गत दोस्रो सेमी फाइनल खेलमा भिड्दै थिए भारत र अस्ट्रेलिया। भारतीय खेलाडी विराट कोहली प्रतियोगितामा सबैभन्दा अपेक्षा गरिएका खेलाडी थिए। विराटलाई साथ दिन उनकी प्रेमिका बलिउड स्टार अनुस्का शर्मा पनि दर्शक दिर्घामा थिइन्।

विराट क्रिकेट मैदानमा छिरे। १३ बल सामना गरे र १ रन जोडे। त्यसपछि आउट।

उनी मैदानमा छिरेपछि टेलिभिजन स्क्रिनमा देखिनेक्रम सुरु भयो उनकी प्रेमिका बलिउड हिरोइन अनुश्का शर्मा। सफल हिरोइनको सफल क्रिकेटर व्वायफ्रेन्ड सेमी फाइलनमा सुपर फ्लप भएका थिए। अनुस्काको अनुहार विराटको विकेट झर्दा मलिन भइसकेको थियो।

त्यसो त कतिपय प्रतियोगितामा पत्‍नी वा प्रेमिका लैजान निषेध हुने गर्छ। यहाँ त्यस्तो केही थिएन। सुरुमा उज्यालो अनुहार लिएर बसेकी अनुस्काप्रति खासै कसैको आलोचना थिएन।


तर, जब विराट कोहलीको विकेट झर्‍यो - समर्थकहरु यो जोडीको आलोचना गर्न उत्रियो। व्यङ्ग्य वाणहरु पनि वर्षन थाले। सामाजिक सञ्जालमा विराट र अनुस्का काण्ड भाइरल हुन थालिहाल्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell